Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिन्धु विकास बैंकले पुनः बोलायो स्थगित साधारणसभा

२०८१ फाल्गुन २९ गते

बैंकिङ खबर/ सिन्धु विकास बैंक लिमिटेडले चैत ८ गते शुक्रबार स्थगित साधारणसभा पुनः बोलाएको छ। बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले सभा पुनः बोलाउने निर्णय गरेको हो।

यसअघि फागुन २८ गते बोलाएको साधारणसभा गणपुरक संख्या नपुगेर स्थगित भएपछि पुनः चैत ८ गते काभ्रेपलाञ्चोकको मिरावल रिसोर्टमा बिहान ९ बजेदेखि बस्ने गरी सभा बोलाएको हो। सभाले यसअघि नै समावेश गरिएका प्रस्तावहरू छलफल गरी पारित गर्नेछ।