Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्र बैंक पूर्वकर्मचारी संघ अध्यक्षमा ठाकुर

२०८१ मंसिर ३० गते


बैंकिङ खबर/नेपाल राष्ट्र बैंक पूर्वकर्मचारी संघको केन्द्रीय अध्यक्षमा अश्विनीकुमार ठाकुर चयन भएका छन् । राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक ठाकुर शनिबार भएको २३औं वार्षिक साधारणसभाबाट सर्वसम्मतिले अध्यक्ष चुनिएका हुन् ।

संघको उपाध्यक्षमा भोलानाथ प्रेमी उपाध्याय चयन भएका छन् भने सदस्यहरूमा नवराज फुँयाल, शिवकृष्ण महर्जन, कमलप्रसाद ज्ञवाली, दीपकबहादुर खड्का, बसन्ती श्रेष्ठ, टिकाप्रसाद उपाध्याय, गौरीशंकर श्रेष्ठ, प्रमोदप्रसाद नेपाल, कृष्णहरि पुडासैनी र बाबुराम आचार्य छानिएका छन् । कार्य समितिको कार्यकाल तीन वर्षको हुनेछ ।