Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकको ४९औँ साधारणसभाः मर्जर प्रस्ताव अगाडि सारिँदै

२०८१ मंसिर २७ गते

बैंकिङ खबर/ मर्जर तथा वैदेशिक साझेदार भित्र्याउने विशेष प्रस्तावसहित अहिले नबिल बैंकको ४९औँ साधारणसभा भइरहेको छ। काठमाडौंको राष्ट्रिय सभामा जारी रहेको साधारण सभाले मर्जर तथा वैदेशिक साझेदार भित्र्याउने प्रस्ताव अगाडि सार्नेछ।

प्रस्तावमा नबिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्न/गाभिन तथा वैदेशिक रणनीति साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चल/अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्नेे, मर्जर गर्नेसम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जानेसम्बन्धी निर्णय गर्न तथा सो सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने उल्लेख गरिएको छ।

बैंकले आजै साधारणसभामार्फत चुक्ता पुँजीको १० प्रतिशतका दरले हुने २ अर्ब ७० करोड रुपैयाँबराबरको नगद लाभांशको प्रस्तावलाई पनि पारित गर्नेछ।