Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नक्कली नोटको बिगबिगी : ललितपुरबाट युवक पक्राउ

२०८१ भाद्र ३१ गते

बैंकिङ खबर/ ललितपुर महानगरपालिका वडा नम्बर–८ सौगलबाट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–३ घर भएर भक्तपुर बस्दै आएका रमेश रोक्का छन् ।

३१ वर्षीय रोक्काको साथबाट १ हजार दरका ११५ वटा नक्कली नेपाली नोट बरामद गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । सौगलमा कोठा भाडामा लिएर आरोपीले नक्कली नोट बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

उनको डेरामा नोट बनाउन प्रयोग गरिने फोटोकपी मेशिन पनि भेटिएको प्रहरीले जनाएको छ । आरोपीविरुद्ध प्रहरीले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।