Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आरबीबी म्युचुअल फन्डको लाभांश घोषणा

२०८१ भाद्र २० गते

बैंकिङ खबर/ आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा गरेको हो । बैठकले आरबीबी म्युचुअल फन्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

आरबीबी म्युचुअल फन्ड–२ को करसहित ८.७४ प्रतिशत नगद लाभांशको निर्णय भएको जनाइएको छ । भदौ ३१ गते फन्डको बुक क्लोज मिति तय गरिएको छ । यसअनुसार भदौ ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।