Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच सम्झौता, एयर टिकटमा ८५ सम्म छुट

२०८१ भाद्र १७ गते

बैंकिङ खबर/ नेपाल एसबिआई बैंक र बुद्ध एयरबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८५ सम्म छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतापत्र बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देको उपस्थितिमा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा र बुद्ध एयरका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार, ५पिराज पंत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक, प्रबिन मुनि बज्रचार्य लगायतको उपस्थिति थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।