
बैंकिङ खबर/एनएमबि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । कम्पनीको गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
कम्पनीले १०० रुपैयाँका दरले ३ करोड इकाई अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत लाभांश दर कायम गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ ।
साथै सोही बैठकले नेपाल राष्ट्र बैंकलगायत नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भए पश्चात अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ । केहि समयअघि मात्र नबिल बैंकले पनि ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।


