Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंक : संगठनात्मक स्वरुप, सबल पक्ष, समस्या र समाधान

२०७९ भाद्र २७ गते

सागर पौडेल

नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुप

संगठनको पूर्वनिर्धारित उद्देश्य हासिल गर्नको लागि संगठनले तयार गरेको कार्यको बाँणफाँण र पदीय श्रृङ्खला सहितको एक औपचारिक ढाँचा नै संगठनात्मक स्वरुप हो । जसमा संगठन भित्रका विभिन्न क्रियाकलापहरुको पहिचान र सामुहिकरण गरिएका कार्यहरुलाई विभिन्न विभाग, महाशाखा, समूह, इकाई शाखा आदिमा  गठन गरि विशिष्टीगरिएको सिद्धान्तमा रहि  कार्यको बाँणफाँड गरिन्छ ।

यसले संगठनभित्र अधिकार र उत्तरदायित्व  बीचको सम्बन्धलाई स्पष्ट पार्दै मानवीय तथा गैर मानवीय साधनहरु र विभिन्न विभागहरुबीच समन्वय कायम गर्दछ । संगठनात्मक स्वरुप संगठनको प्रकृति, उद्देश्य र आकार अनुसार फरक–फरक हुन्छ।

नेपाल राष्ट्र बैंक देशको केन्द्रीय बैंकको रूपमा स्थापित अविच्चिन्न उत्तराधिकारवाला एक स्वशासित र संगठित संस्था भएकोले निम्न बमोजिमको संगठनात्मक स्वरुप निर्धारण गरेको छ।

नेपाल राष्ट्र बैंकको विद्यमान संगठनात्मक स्वरुपका/ संरचना

स्रोत: www.nrb.org.np

संचालक समिति (नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १४ बमोजिम)
नेपाल राष्ट्र बैंकमा देहाय बमोजिम सात सदस्य एउटा संचालक समिति रहनेछ:-
(क) गभर्नर – अध्यक्ष
(ख) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) दुई जना डेपुटी गभर्नर – सदस्य
(घ) आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा बाणिज्य कानुनको क्षेत्रमा लब्धप्रतिष्ठित व्यक्तिहरु मध्यबाट
नेपाल सरकारले नियुक्त गरेका तीन जना संचालक – सदस्य

लेखापरीक्षण समिति (नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३४ बमोजिम)
(क) समितिले तोकेको एकजना संचालक  – संयोजक
(ख) समितिले तोकेको सम्बन्धित विषयको विज्ञ एकजना – सदस्य
(ग) बैंकको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख – सदस्य सचिब

गभर्नर

नेपाल सरकार मन्त्रीपरिषद्ले सिफारिस समिति बमोजिम सिफारिस भएका नाम मध्येवाट एक जनालाई
गभर्नर पदमा नियुक्ति गर्ने छ ।

व्यवस्थापन समिति (नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ३३ बमोजिम)
(क) गभर्नर – अध्यक्ष
(ख) दुई जना डेपुटी गभर्नर – सदस्य
(ग) बैंकले तोकेको एकजना वरिष्ठ अधिकृत – सदस्य सचिव

डेपुटी गभर्नर- ( हाल डा. नीलम डुङ्गाना तिम्सिना) को मातहत भित्र पर्ने समूह तथा विभाग
नियमन तथा सुपरिवेक्षण समूह
– बैंक तथा वित्तीय संस्था नियमन विभाग
– लघुवित्त संस्था सुपरिवेक्षण विभाग
– गैर-बैंक  वित्तीय संस्था सुपरिवेक्षण विभाग
मौद्रिक तथा विदेशी विनिमय नीति समूह
– आर्थिक अनुसन्धान विभाग

– मौद्रिक व्यवस्थापन विभाग
सहायक सेवा समूह
– जनशक्ति व्यवस्थापन विभाग
– वित्त व्यवस्थापन विभाग

बैंकिङ व्यवस्थापन समूह
– भुक्तानी प्रणाली विभाग
– प्रदेश स्थित कार्यालयहरु
डेपुटी गभर्नर- ( हाल बम बहादुर मिश्र ) को मातहत भित्र पर्ने समूह तथा विभाग
नियमन तथा सुपरिवेक्षण समूह
– बैंक सुपरिवेक्षण विभाग
– वित्तीय संस्था सुपरिवेक्षण विभाग
मौद्रिक तथा विदेशी विनिमय नीति समूह
– विदेशी विनिमय व्यवस्थापन विभाग
सहायक सेवा समूह
– सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग
– मुद्रा व्यवस्थापन विभाग
– संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग
– सूचना प्रबिधि विभाग
बैंकिङ व्यवस्थापन समूह
– बैंकिङ विभाग
गभर्नरको मातहतमा भित्र रहने रहने अन्य विभाग, महाशाखा, कार्यालय र इकाईहरु
– गभर्नरको कार्यालय
– आन्तरिक लेखापरीक्षण विभाग (लेखापरीक्षण समितिको समेत मातहत भित्र रहने)
– कानून महाशाखा
– वित्तीय जानकारी इकाई

हाल नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुप भित्र संचालनमा जम्मा बिभाग -१७, महाशाखा-१(कानून महाशाखा ), इकाई -१ ( वित्तीय जानकारी इकाई ),विभाग स्तरीय कार्यालय -१(गभर्नरको कार्यालय ),प्रदेशस्थित कार्यालयहरु -८ रहेका छन् । ( पछिल्लो अद्यावधिक- २०७९/०५/०१ )

श्रोत :www.nrb.org.np

नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुपका प्रभावकारी  विशेषताहरु/सबल पक्षहरू

नेपाल राष्ट्र बैंक ऎन २०५८ ले तर्जुमा गरेका उद्देश्य हासिल गर्न र बैंकले गर्नु पर्ने काम कर्तव्य अधिकारलाई कार्यान्वयन गर्न संगठनको उद्देश्य, प्रकृति र आकारको आधारमा तयार गरिएको संगठनात्मक स्वरुपका विशेषताहरु तपशिल बमोजिम उल्लेख गर्न मनासिब देखिन्छ ।

• संगठनात्मक उद्देश्यलाई ध्यान दिदै संगठनात्मक स्वरुपलाइ समय सापेक्ष परिवर्तन गरिएको,
• पद सोपान र आदेशको एकात्मकताको सिद्धान्त रहेको,
• सम्पुर्ण समुह, विभाग, महाशाखा, इकाई र शाखाहरु बीच समन्वय स्थापित गरिएको,
• मानवीय तथा गैर मानवीय साधन विच समन्वय स्थापित हुने गरि तिनीहरु अधिकतम उपयोग र
संगठनात्मक द्वन्द्व न्यूनीकरण गर्ने स्वरुप निर्धारण गरिएको,
• संगठनात्मक स्वरुप लाई सामुहिक कार्य प्रणालीको विकास सँग आवद्ध गरिएको,
• सञ्चार प्रक्रियामा देखिका नवीनतम् अवरोध तथा चुनौतीहरु न्यूनीकरण गर्दै प्रभाकारी सञ्चार प्रणाली
स्थापित हुने गरि स्वरुप निर्धारण गरिएको ।
• संचालक समिति, लेखापरीक्षण समिति, गभर्नर र व्यवस्थापन समितिहरुको काम, कर्तव्य र अधिकार  लाई
स्पष्ट परिभाषित गर्ने गरि स्वरुप निर्धारण गरिएको,
• नेपाल राष्ट्र बैंक ऎनले तोकेको  काम, कर्तव्य र अधिकार र अन्य प्रचलित ऎनले दिएको अधिकार  लाई
समेट्ने गरि स्वरुप निर्धारण गरिएको,
• अख्तियर प्रत्यायोजन र विकेन्द्रीकरण प्रणाली स्थापना गरि अधिकार, उत्तरदायित्व र जवाफदेहीता बीचको
सम्बन्धलाई  प्रष्ट पार्न सकिने गरि स्वरुप निर्धारण गरिएको,
• मानव संसाधन व्यवस्थापन प्रणालीको प्रभावकारीतामा अभिवृद्धि गर्दै मानव पूँजिको बहुआयामिक विकास
र प्रबिधि मैत्री हुने गरि स्वरुप निर्धारण गरिएको,
• आन्तरिक लेखापरीक्षण लाई प्रभाकारी बनाउँदै संस्थागत सुशासन कायम हुने गरि स्वरुप निर्धारण गरिएको,
• अनुगमन, नियमन तथा सुपरिवेक्षण प्रणालीलाई प्रभावकारी गर्न सकिने गरिस्वरुप निर्धारण गरिएको,

• निर्णय प्रक्रिया शिघ्रता हुने गरि स्वरुप निर्धारण गरिएको ।

निष्कर्ष:
नेपाल राष्ट्र बैंकले संगठनात्मक उद्देश हासिल गर्नको लागि समय समयमा संगठनात्मक स्वरुपमा आवश्यकता अनुसार परिमार्जन गरि नयाँ स्वरुपको तर्जुमा गर्दै आएको छ। नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुपका समस्याहरु केन्द्रीय बैंकको रूपमा रहेको नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुपको निर्माण र व्यवहारिक प्रयोग सम्बन्धमा देहाय बमोजिमका समस्याहरु रहेका छन् ।
• सम्पुर्ण समुह, विभाग, महाशाखा र इकाईहरु बीच थप प्रभाकारी समन्वयको अभाव रहेको,
• संचालक समिति, गभर्नर र  डेपुटी गभर्नरको नियुक्तिमा उच्च राजनीतिक प्रभाव रहेको,
• संगठनात्मक स्वरुपको आकारमा अनावश्यक रूपमा विस्तार गर्दै लागत प्रभावकारीता र उत्पादकत्व पक्षलाई
बेवास्ता गरिएको,
• पर्याप्त मात्रा अख्तियार प्रत्यायोजन र विकेन्द्रीकरण प्रणालीको अभाव रहेको,
• प्रष्ट र वातावरणीय गतिशीलता बमोजिम लचक संगठनात्मक स्वरुपको अभाव रहेको,
• नेपाल राष्ट्र बैंक ऎनले तोकेको  काम, कर्तव्य र अधिकार र अन्य प्रचलित ऎनले दिएको अधिकारलाई
समेट्ने गरि स्वरुप निर्धारण गर्न नसकिएको ।
• प्रभावकारी नियन्त्रण प्रणाली कायम गर्ने संयन्त्र को अभाव रहेको,
• प्रविधि र संगठनात्मक स्वरुप वीच तादातम्यताको अभाव रहेको,
• मानव संसाधन व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी गर्दै गतिशील बनाउन सकिने संगठनात्मक स्वरुप अभाव रहेको,
• नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुपको चार्ट बमोजिमका विभाग, महाशाखा, इकाई, बिभाग स्तरीय कार्यालयहरुको संख्या  र  बैंकको वेबसाईटमा देखिएका  विभाग, महाशाखा, इकाई,  विभाग स्तरीय कार्यालयहरुको संख्या  बीच भिन्नता देखिएको ।
• समय सापेक्ष अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको संगठनात्मक स्वरुपको अभाव रहेको ।

निष्कर्ष :

नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुप सम्बन्धमा माथी उल्लेखित विभिन्न समस्याहरु बिद्यमान रहेका छन् । जसले संगठन भित्र समन्वय, द्वन्द्व, जोखिम,  मितब्ययीतता, संचार, उत्पादकत्व आदिमा नकारात्मक प्रभाव पार्दछ । नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुपका समस्याका समाधानका उपायहरु नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुपका देखिएका समस्याहरुको  समाधानका लागि नीतिगत, प्रक्रियागत र संरचनागत कार्यान्वयन योग्य देहाय बमोजिमका उपायहरु रहेका छन् ।
• संगठनात्मक उद्देश्यलाई ध्यान दिदै संगठनात्मक स्वरुपलाइ समय सापेक्ष परिवर्तन गरि संगठनात्मक क्षमताको विकास गर्नुपर्ने।
• सम्पुर्ण समुह, विभाग, महाशाखा र इकाईहरु बीच प्रभाकारी समन्वय स्थापित हुन सक्ने गरि संगठनात्मक स्वरुप निर्माण गर्नुपर्ने,
• आवश्यकता अनुसार अख्तियार प्रत्यायोजन र विकेन्द्रीकरण प्रणाली कायम गर्न सकिने संयन्त्रको विकास गर्ने,
• प्रभाकारी सञ्चार प्रणाली स्थापित हुने गरि स्वरुप निर्धारण गर्नु पर्ने,
• मानव संसाधन व्यवस्थापन प्रणालीलाई प्रभावकारी गर्न सकिने संगठनात्मक स्वरुप निर्धारण गर्नु पर्ने,
• अनुगमन, नियमन तथा सुपरिवेक्षण प्रणालीलाई प्रभावकारी गर्न सकिने गरि संगठनात्मक स्वरुप निर्धारण गर्नु पर्ने,
• प्रष्ट र लचक संगठनात्मक स्वरुपको स्वरुप निर्धारण गर्नु पर्ने,
• प्रविधि र संगठनात्मक स्वरुप वीच तादातम्यता कायम गर्नु पर्ने,
• संचालक समिति, गभर्नर र  डेपुटी गभर्नरको नियुक्तिमा रहेको उच्च राजनीतिक प्रभाव लाई न्यूनीकरण गर्नु पर्ने,
• नेपाल राष्ट्र बैंक ऎनले तोकेको  काम, कर्तव्य र अधिकार र अन्य प्रचलित ऎनले दिएको अधिकारलाई समेट्ने गरि स्वरुप निर्धारण गर्न आवश्यक छ,
• नेपाल राष्ट्र बैंकमा रहेको संगठनात्मक स्वरुपको चार्ट बमोजिमका विभाग, महाशाखा, इकाई, विभाग स्तरीय कार्यालयहरुको संख्या  बैंकको वेबसाईटमा समेत अद्यावधिक गर्नु पर्ने ,
• उत्तराधिकारी योजना र व्यवस्थापकीय क्षमता विकासलाई जोड दिने स्वरुपको स्वरुप निर्धारण गर्नुपर्ने ।

निष्कर्ष:

नेपाल राष्ट्र बैंकको संगठनात्मक स्वरुप सम्बन्धि विभिन्न उल्लेखित समस्याहरु रहेका छन् । उक्त समस्याहरु लाई समयमै सुधार गरि अगाडि  बढ्न सकेमा देशमा आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकास हुँदै संगठनका विभिन्न पक्षहरू बीच प्रभावकारी समन्वय कायम हुने कुरामा नकार्न सकिँदैन ।

(पौडेल सिद्ध बराह उ. मा. वि. पोखराका व्यवस्थापन संकायका शिक्षक हुनुहुन्छ ।) 
शैक्षिक योग्यता : MBS and MA Economics
contact no. 9846914625
Sagarpoudel983@gmail.com