Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
Banner News

चार लाख परिवारको खातामा, ‘अनुदान रकम’

२०७३ आश्विन १५ गते

bhukampapidi

भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि बिहीबारसम्म चार लाख छ हजार ३ सय ९९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ जम्मा भएको छ । पहिलो किस्ताको अनुदान लिन ११ जिल्लाका बैंकमा भूकम्पपीडित घरधनीको भिड लाग्ने गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने, ‘बैंकमा रहेको रकम आवश्यकताअनुसार घर बनाउने समयमा निर्माण सामग्री खरिदका लागि निकाल्न सकिन्छ, अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाले ब्याज उपलब्ध गराउने व्यवस्था छ, त्यसैले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनःनिर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र निकाल्न प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक आग्रह गर्दछ’–उनले भने । 
घर पुनःनिर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानुनी कारबाही हुने, दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत प्राप्त नहुने हुँदा अनुदान रकम घर पुनःनिर्माण बाहेक अन्यमा खर्च नगर्न अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न गराउन प्राधिकरणले सबैलाई अनुरोध गरेको छ ।