August 21st, 2019

कतिसम्मको खरीदमा प्यान बिल आवश्यक ? तलब खानेलाई अनिवार्य

बैंकिङ खबर । दुई हजार रुपैयाँसम्मको खरीदमा प्यान नचाहिने भएको छ । आर्थिक विधेयकमा एक हजार रुपैयाँभन्दा माथिको खरिदमा प्यान बिल अनिवार्य चाहिने उल्लेख छ । सो व्यवस्थाको विरुद्धमा व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए । सरकार र व्यवसायीबीच अब सहमति भएको छ । जसअनुसार, दुई हजार रुपैयाँभन्दा माथिको खरिदमा मात्रै प्यान विल अनिवार्य गरिएको छ ।

त्यस्तै, सरकारले तलब दिदा अनिवार्य रुपमा प्यान दिनुपर्ने र व्यक्तिले पाउने पारिश्रमिकमा प्यान नम्बर राखेर नै टिडिएस कट्का गनुपर्ने व्यवस्था गरेको छ । प्यान नम्बर बिना तलब दिएको भए त्यसलाई कम्पनी तथा फर्महरुले खर्चमा लेख्न नपाउने व्यवस्था गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]