Tuesday , June 27 2017

बैंकिङ रोजगारी

बैंकमा जागीर खाने हो ? हो भने, एनएमबि बैंकमा दिनुहोस् आवेदन

एनएमबि बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च मेनेजर, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इन्चार्ज, मेनेजमेन्ट ट्रेनी र जुनियर एसिस्टेन्ट माग गरेको हो । भ्योक्नसी सम्बन्धी थप जानकारी प्राप्त गर्न तथा आवेदन फारम प्राप्त गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://nmbbanknepal.com/career/

टुरिजम डेभलपमेन्ट बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

टुरिजम डेभलमपेन्ट बैंक लिमिटेडले विभिन्न ५ पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले मेनेजर, अफिसर र प्रशिक्षार्थी लेभलका कर्मचारी नियुक्त गर्न लागेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई ७ जुनभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

 

एनएमबि माइक्रोफाइनान्समा रोजगारी, एसएलसी पासलाई पनि अवसर

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले केही संख्यामा सहायक प्रबन्धक र सहायक प्रशिक्षार्थी माग गरेको छ । शाखा प्रबन्धकको लागि प्रमाणपत्र तह उतीर्ण गरी दुई वर्षको अनुभव भएको अथवा स्नातक उतीर्ण गरी एक वर्षको अनुभव भएको हुनुपर्नेछ भने सहायक प्रशिक्षार्थीका लागि एसएलसी उतीर्ण गरेको हुनुपर्नेछ । जागीरका लागि एप्लाई गर्ने मिति जेठ २२ गतेसम्म रहेको छ । 

अनुभव नभएकालाई सुनौलो अवसर, एभरेष्ट बैंकले माग्यो फ्रेस कर्मचारी

एभरेष्ट बैंक लिमिटेडले केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको छ । बैंकले विजनेस, फाइनान्स, मार्केटिङ, अर्थशास्त्र अथवा एकाउन्ट विषयमा कम्तीमा स्नातक उतीर्ण गरेको, उमेर २८ वर्ष ननाघेको, कम्युटरसम्बन्धी कार्यअनुभव भएको, अंग्रजी र नेपाली भाषमा पोख्त तथा राम्रो अन्तरक्र्रियात्मक सीप भएको कर्मचारी माग गरेको हो । आवेदन दिने म्याद मे २६ सम्म रहेको छ । 

पूर्णिमा विकास बैंकमा जागीर खुल्यो

पूर्णिमा विकास बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले दुई जना सिनियर एसिस्टेन्ट, दुई जना एसिस्टेन्ट र केही संख्यामा जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जुन १ भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

नेप्सेको परीक्षा सर्यो, हेर्नुस् कहिले हुँदैछ ?

असारको पहिलो साता हुने भनिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को लिखित परीक्षा अब साउनको पहिलो साता हुने भएको छ । नेप्सेले विभिन्न ६ पदका लागि कर्मचारी आह्वान गरेको थियो । यस्तो छ, परिमार्जित परीक्षा तालिका :

नेपाल बैंकले माग्यो १०८ जना कर्मचारी

नेपाल बैंक लिमिटेडले एकैपटक १०८ जना कर्मचारी माग गरेको छ । सरकारी स्वामित्वको यो बैैंकले आगामी १५ दिन भित्रै रितपूर्वक आवेदन दिनुपर्ने गरी इन्छुक तथा योग्यता पुगेको नागरिकबाट आवेदन माग गरेको हो । बैंकले विभिन्न सात पदमा कर्मचारीको दरखास्त आह्वान गरेको छ । 

बैंकले सबैभन्दा सहायक पदमा ३२ जना खुला तर्फबाट चौथो तहको लागि आवदेन माग गरेको हो । बैैंकले तीन तहदेखि नौ तहका बरिष्ठ प्रवन्धकसम्म खुला प्रतिस्पार्धाबाट नियुक्त गर्ने भएको छ । बैंकले नौ तहका प्रवन्धक २ जना मागेको छ । यसमा एक जना महिला कोटा निर्धारण गरेको छ । यस्तै आठौं तहको प्रवन्धक ३ जना, सातौ तहको उपप्रवन्धक ५ जना, छैटो तहको सहायक प्रवन्धक ३१ जना मागेको छ । पाँचौ तहको बरिष्ठ सहायक पाँच जना मागेको छ । चौथो तहको सहायक सहायक ५८ जना मागेको छ भने तेस्रो तहको कनिष्ठ सहायक ४ जना मागेको छ ।

थप जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.nepalbank.com.np/pdf/vacancy/Vacancy_Notice_Level_3_to_9.pdf

आधा दर्जन वित्तीय संस्थामा रोजगारीको अवसर, छुटाउनुहोला है !

आधा दर्जन वित्तीय संस्थाले कर्मचारी माग गरेका छन् । एउटा विकास बैंक, दुई वटा फाइनान्स र तीन वटा लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेका हुन् ।

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडमा जागीर खुलेको छ । कम्पनीले केही संख्यामा अधिकृत र जुनियर सेन्टर मेनेजर माग गरेको हो । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ ३ गतेभित्र आवेदन फारम बुझाइसक्न आह्वान गरिएको छ । आवेदन फारम समिट माइक्रोफाइनान्सको प्रधान कार्यालय विर्तामोड ७ झापा तथा शाखाहरुमा पाइने बताइएको छ । 

पोखरा फाइनान्स लिमिटेडले एसिस्टेन्ट लेभलका पाँच जना कर्मचारीको दरखास्त आह्वान गरेको छ । कम्पनीले एक जना सिनियर एसिस्नटेन् र चार जना जुनियर एसिस्टेन्ट माग गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले जेठ ४ गतेभित्रमा एप्लाई गरिसक्नुपर्नेछ ।

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत, सहायक अधिकृत र सहायक स्तरका कर्मचारी माग गरेको छ । इच्छुक तथा संस्थाले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ ५ गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ । 

आईसीएफसी फाइनान्सले केही संख्यामा ब्रान्च मेनेजर र एसिस्टेन्ट लेभलका कर्मचारी माग गरेको छ । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई मे २१ अर्थात जेठ ७ गते भित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले कार्यकारी, अधिकृत र सहायक श्रेणीका विभिन्न पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा कम्पनीले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई जेठ १० गतेभित्रमा एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चार्टर्ड एकाउन्टेन्ट, ब्रान्च म्यानेजर र सिनियर असिस्टेन पदका लागि कर्मचारी माग गरेको छ । चार्टर्ड एकाउन्टेन्टका लागि सीए तथा एसीसीए उतीर्ण गरी एक वर्षको अनुभव भएको,  ब्रान्च म्याजरका लागि ४ वर्षको अनुभब र स्नात्तक उत्तिर्ण, तथा सिनिएर असिस्टेनका लागि वित्तीय संस्थामा २ वर्ष काम गरेको अनुभव र स्नात्तक उत्तिर्ण गरेको हुनुपर्नेछ  । बैंकको केन्द्रीय कार्यालय डिल्लिबजारमा जेठ १२ भित्रमा आवेदन दिन सकिन्छ ।

बैंकिङ करिअर सुरु गर्ने सुवर्ण अवसर ! माछापूछ्रे बैंकले माग्यो १०५ जना फ्रेस कर्मचारी

माछापूछ्रे बैंक लिमिटेडले १०५ जना फ्रेस कर्मचारी माग गरेको छ । बैंकले उपत्याकाभित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि २८ जना मेनेजमेन्ट ट्रेनी र ७७ जना ट्रेनी जुनियर एसिस्टेन्ट माग गरेको हो ।

मेनेजमेन्ट ट्रेनीका लागि बैंकले कम्तीमा ६० प्रतिशत प्राप्तांकसहित मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडनिस्ट्रसन तथा सम्बन्धित विषयमा स्नातकोत्तर गरेको कर्मचारी माग गरेको छ भने ट्रेनी जुनियर एसिस्टेन्टका लागि कम्तीमा ४५ प्रतिशत प्राप्तांकसहित मेनेजमेन्ट, विजनेस स्टडिज, विजनेस एडनिस्ट्रसन तथा सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको हुनुपर्ने बताएको छ । 

दुवै पदका लागि नेपाली नागरिक हुनुपर्ने र अंग्रेजी तथा नेपाली भाषा (लेखाई तथा बोलाई दुबै)मा पोख्त हुनुपर्ने बताइएको छ । मेनेजमेन्ट ट्रेनीका लागि ३० वर्ष र ट्रेनी जुनियर एसिस्टेन्टका लागि २७ वर्ष उमेर ननाघेको हुनुपर्ने समेत बैंकले बताएको छ । 

थप जानकारीका लागि तथा आफूले चाहेको पदमा अनलाइनमार्फत आवेदन दिनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् । 

http://www.machbank.com/career/

वाणिज्य स्तरका बैंकमा ठूलो संख्यामा रोजगारी !

सिद्धार्थ बैंक लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयहरुका लागि केही संख्यामा अफिसर र सुपरभाइजर लेभलका कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई मे १९ भित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ ।

एनआईसी एसिया बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले विभिन्न २० पदका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकले मे २३ भित्रमा एप्लाई गरिसक्नुपर्नेछ । इच्छुक व्यक्तिले अनलाइनमार्फत आवेदन बुझाउन सक्नेछन् । 
कर्मचारी आश्यकतासम्बन्धी थप जानकारी तथा अनलाइनमार्फत जागीरका लागि एप्लाई गर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

http://www.nicasiabank.com/about-us/current-vacancies