प्रभु इन्स्योरेन्स र सूर्यज्योतिको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बैंकिङ खबर/प्रभु इन्स्योरेन्स र सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । दुवै कम्पनीले वैशाख ७ गते बुकक्लोज गर्दैछ । जस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले होटल हैरिसन प्यालेस, विराटनगर, वैशाख […]


धितोपत्र ऐन २०६३ संशोधन, यस्ता छन् नयाँ व्यवस्था

बैंकिङ खबर/ धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन भएको छ । धितोपत्र संशोधन विधेयक संसदको दुवै सदनले पारित गरेर २०८० चैत्र ३० गते राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । धितोपत्र सम्बन्धी ऐन सहित अन्य विभिन्न ऐनलाई संशोधन गर्न बनेको ‘सम्पत्ति शुद्धीकरण, निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ संशोधन भएको हो । […]


कुमारी बैंकको ४ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा

बैंकिङ खबर/कुमारी बैंकले आज सोमबार देखि शेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले ४ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यस लिलामी शेयरमा बैंककै संस्थापक शेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम् १०६ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र […]


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंकले २ जना संस्थापक सेयरधनीहरुको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४२ हजार ९८२ कित्ता सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,संस्था वा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ । लगानीकर्ताले काठमाडौं बालुवाटारमा रहेको […]


धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्कालको लागि रोकियो

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया तत्कालको लागि रोकिएको छ। अर्थमन्त्री वर्षमान पुनको चरम असन्तुष्टिका बीच अध्यक्ष छनाेट प्रक्रिया तत्कालको लागि रोकिएको हो। छनाेट समितिले छानेका सबै जसोको नाम कुनै न कुनै घराना वा राजनीतिक दलसँग जोडिएकोमा अर्थमन्त्री असन्तुष्ट छन्। अर्थमन्त्री पुनको ठाडो निर्देशन पछि अध्यक्ष चयन प्रक्रिया तत्कालका लागि रोकिएको हो। यस […]


यि हुन् धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेकाहरु, अन्तर्वार्ता बिहीबार

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षका लागि सर्टलिस्ट परेकाहरुको अन्तर्वार्ता बिहीबार (चैत २९ गते) हुने भएको छ। धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ नेतृत्वको समितिले आवेदन दिएका १९ जनामध्ये ५ जनाको नाम आइतबार (चैत २५ गते) सर्टलिस्ट गरेको थियो। उनीहरुको अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण बिहीबार हुने अर्थ […]


पाइपलाइनमा रहेको आइपीओ स्वीकृती दिने बोर्डको तयारी

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासन (आईपीओ) पाइपलाइनमा रहेका र प्रक्रिया पूरा गरेका कम्पनीलाई क्रमबद्ध रुपमा स्वीकृति दिने भएको छ।अध्यक्ष पद रिक्त भएपछि करिब तीन महिनादेखि आईपीओ निष्कासन स्वीकृतिको बिषय शून्य भएको थियो । अर्थमन्त्री वर्षमान पुनले कुनै कैफियत नदेखिएका, कुनै निकायमा बक्यौता नरहेका र सही रूपमा प्रक्रिया पूरा गरेका कम्पनीलाई निष्कासन अनुमति […]


तीन कम्पनीको बोनस सेयर सूचीकृत

बैंकिङ खबर/सेयर बजारमा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले यसअघि सर्वसाधारणलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो । त्यस्तै साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार ५५५ कित्ता बोनस सेयर पनि […]


लक्ष्मी सनराइज बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत

बैंकिङ खबर/लक्ष्मी सनराइज बैंक लिमिटेडको ७ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । मंगलबार बैंकको एक करोड ५१ लाख ६९ हजार १६६।५ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् । बैंकको पौष २६ गते बसेको २३ औं […]


माछापुच्छ्रे बैंकको ११.१६ लाख बढी कित्ता शेयर बिक्रीमा

बैंकिङ खबर/माछापुच्छ्रे बैंकको ११ लाख १६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको कुल ११ लाख १६ हजार ५७३ कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको १० लाख ५६ हजार ९१७ कित्ता र दीपकराज दलीको ५९ हजार ६५६ कित्ता रहेको छ। यसअघि यी शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरुका लागि […]