ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर्नु : राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न सूचित गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै यस्तो सुझाव दिएको हो । बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुन्छन् । यस्ता कर्जाको भुक्तानी […]


निजी क्षेत्रमा जाने कर्जामा २ खर्बको बढोत्तरी

बैंकिङ खबर/ चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा करिब २ खर्बले बढेको छ। राष्ट्र बैंकका अनुसार १ खर्ब ९९ अर्ब ५० करोड (४.२ प्रतिशत) ले बढेको देखिएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब २८ अर्ब १८ करोड (२.८ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा […]


सरकारी खातामा २ खर्बभन्दा बढी नगद मौज्दात

बैंकिङ खबर/ चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारी ढुकुटीमा २ खर्बभन्दा बढी नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार जारीको वित्तीय रिपोर्ट अनुसार २०८० फागुन मसान्तसम्म विभिन्न बैंकमा रहेको सरकारी खातामा कूल २ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ नगद मौज्दात रहेको हो । यद्यपि, यो सङ्घीय सरकारको मात्र नभएर प्रदेश सरकार तथा […]


समग्रमा अर्थतन्त्र हेर्दा बैंकिङ क्षेत्र सबल छ : गभर्नर अधिकारी

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्। उनले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गरे। उनले गत आर्थिक वर्ष २०७९/८० को केन्द्रिय तथ्याङ्क कार्यालयले अनुमान गरेको तथ्याङ्कबाट २ प्रतिशत भन्दा कमको आर्थिक वृद्धिदर हासिल गरेको बताए। उनले चालु आर्थिक […]


राष्ट्र बैंकको निरीक्षण तथा सुपरिवेक्षण विनियमावलीमा दोस्रो संशोधन, यस्ता छन् नयाँ व्यवस्था

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ मा दोस्रो संशोधन गरेको छ । दोस्रो संशोधनमार्फत राष्ट्र बैंकले विनियमावलीमा विभिन्न व्यवस्था थप गरेको छ। यो संशोधित विनियमावली चैत ६ गतेबाट लागू भएको छ। दोस्रो संशोधनमार्फत राष्ट्र बैंकले ‘महाशाखा’ भन्नाले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखालाई जनाउनेछ। वित्तीय […]


कार्डमा अनाधिकृत रुपमा पहुँच हुन नदिउँ : राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कार्डमा अनाधिकृत रुपमा पहुँच हुन नदिन र प्रविधिको सही उपयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले सचेतना सन्देश जारी गर्दै कन्ट्याक्टलेस पेमेन्ट प्रणाली कार्ड वा मोबाइल एप वा डिजिटल वालेटबाट प्रयोग गर्न सकिने उल्लेख गरेको छ । नेपालमा पनि कन्ट्याक्टलेस पेमेन्टको सुरुवात भइसकेको छ । आजभोली बैंक तथा वित्तीय संस्थाले […]


वित्तीय तथा बीमा क्षेत्रको वृद्धि प्रक्षेपण ९.१ प्रतिशत

बैंकिङ खबर/ सरकारले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आर्थिक वृद्धि ४ प्रतिशत रहेको अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कुल गार्हस्थ्य उत्पादन प्रतिवेदनमा यस्तो देखिएको हो । पहिलो त्रैमासमा ३.२ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको मन्त्रालयले कृषि उत्पादनमा भएको वृद्धि तथा पर्यटक आगमनमा भएको वृद्धिका कारण दोस्रो त्रैमासमा आर्थिक वृद्धिमा सुधार […]


प्रभु बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

बैंकिङ खबर/प्रभु बैंकले १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो । बैंकले पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिएको थियो । संस्थापक सेयरधनीमा बिक्री नभएको सेयर बैंकले अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गर्न लागेको हो । संस्थापक सेयर खरिदको लागि […]


बैंकहरुले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने

बैंकिङ खबर/बैंकहरुले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नपाउने भएका छन्। अर्थ मन्त्रालयले स्थानीय तहमा जाने पैसालाई निक्षेपको रुपमा गणना गर्न नदिने निर्णय गरेको हो। अहिले बैंकहरुले स्थानीय तहमा जाने पैसाको ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउँथे। यसअघिका अर्थमन्त्री प्रकाशशरण महतले ६० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाउने निर्णय गरेको […]


बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघ्यो

बैंकिङ खबर/ बैंकिङ प्रणाली तरलता लगातार बढिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुमा निक्षेप बढेर ६२ खर्ब रुपैयाँ नाघेको छ। तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप चैत १७ गतेसम्म बढेर ६२ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो। चैत १५ गतेसम्म कुल निक्षेप ६१ खर्ब ९३ अर्ब रुपैयाँ रहेको थियो। दुई दिनको अवधिमा निक्षेप ८ […]