December 31st, 2018

एनआईसी एशिया बैंकले माग्यो छ सय कर्मचारीे, प्लस टु गरेकालाई पनि अवसर

बैंकिङ खबर ।  एनआईसी एशिया बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले आइतबार सूचना जारि गदैृ एकै पटक ६ सय जना कर्मचारीको माग गरेको हो । बैंकले काठमाण्डौभित्र र बाहिरका विभिन्न शाखामाहरुका लागि विभिन्न पदमा कर्मचारीको माग गरेको बैंकले जनाएको छ । बैंकले विभिन्न ५ तहको लागि नयाँ आवेदन खुला गरेको हो  । सबै तहमा बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सकिने बैंकले जनाएको छ । 

कुन पदमा कति कर्मचारी माग ? 
Business Verticals -Officer/Senior Officer/Assistant Manager/Deputy Manager/ Manager   १०० जना । 

Support Service Verticals -Officer/Senior Officer/Assistant Manager/Deputy Manager/ Manager १०० जना । 

 Control Verticals -Officer/Senior Officer/Assistant Manager/Deputy Manager/ Manager   १०० जना । 

 Chartered Accountants -Officer/Senior Officer/ Assistant Manager/Deputy Manager/Manager   १०० जना । 

 Hospitality Service -Contractual Employment   २०० जना । 

यी सबै पदमा आगामी फेबरअरी १ तारिखसम्म अनलाइन मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ । आवश्यक शैक्षिक योग्यता , उमेर हद लगायतका अन्य जानकारी बैंकको https://www.nicasiabank.com/current-vacancies उपलब्ध रहेको छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]