Sunday , January 22 2017

भारु नोट सटहीका लागि भारतको निम्तो, राष्ट्र बैंकका अधिकारीसहितको टोली भारत जाने

January 9, 2017

प्रतिबन्धित हजार र पाँच सयको भारतीय नोट सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । भारतको निमन्त्रणामा डेपुटी गभर्नरसँगै विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधिसहित भारतमा जान लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए । यससँगै अब नेपालमा रहेका भारतीय नोटको सटहीको ढोका खुलेको नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए ।भारत जाने मिति भने टुंगो लागिसकेको छैन । 

गत नोभेम्बर ८ मा हजार र पाँच सयको भारतीय नोटमा प्रतिबन्ध लागेको थियो । यससँगै नेपालमा रहेका भारतीय नोटबारे अन्यौल सिर्जना भएको थियो । राष्ट्र बैंकका अनुसार नेपालको बैंक तथा वित्तीय संस्थामा साढे तीन करोड रुपैयाँ बराबरको भारतीय पाँच सय र एक हजार दरका नोट छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *