तरलताको समस्या समाधान गर्न बृहत छलफल आवश्यकः अर्थमन्त्री

बैंकिङ खबर/ अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ्ग प्रणालीमा देखिएको तरलता समस्या समाधानको लागि बृहत छलफल आवश्यक रहेको बताउनुभएको छ । सोमबार निक्षेप तथा कर्जा सुरक्षणको कोषको ४९ औँ वार्षिकोत्सवमा बोल्दै उहाँले बैंकिङ्ग प्रणलीमा विगत लामो समयदेखि तरलता समस्या देखिँदै आएको बताउनुभयो । यसलाई चाँडै समाधान गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘तरलताको समस्या देखिएको छ […]


झन् सहज बन्दै एनआईसी एशिया बैंकः भिसा कार्डमार्फत सोझै खातामा रकम पठाउन सकिने

बैंकिङ खबर/ आफ्ना ग्राहक महानुभावहरुलाई लक्षित गर्दै एनआईसी एशिया बैंकले विभिन्न योजनाहरु ल्याउने गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब  VISA DIRECT  मार्फत सोझै रकम पठाउन सकिने भएको छ । बैंकले Visa International  सँग सहकार्य गर्दै आफ्ना ग्राहक महानुभावहरू सामू यो […]


झन् सहज बन्दै एनआईसी एशिया बैंकः भिसा कार्डमार्फत सोझै खातामा रकम पठाउन सकिने

बैंकिङ खबर/ आफ्ना ग्राहक महानुभावहरुलाई लक्षित गर्दै एनआईसी एशिया बैंकले विभिन्न योजनाहरु ल्याउने गरेको छ । सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब  VISA DIRECT  मार्फत सोझै रकम पठाउन सकिने भएको छ । बैंकले Visa International  सँग सहकार्य गर्दै आफ्ना ग्राहक महानुभावहरू सामू यो […]


साउनमा क्यूआरबाट भुक्तानी गर्नेको संख्या बढ्याे

बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो महिना (साउन)मा क्यूआरबाट हुने भुक्तानी गर्नेको संख्या बढेको छ । अघिल्ला महिनामा क्युआर पेमेन्ट, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेटबाट हुने भुक्तानी बढ्ने गरेको थियो । तर चालु आवको पहिलो महिनामा क्यूआर कोडबाट हुने कारोबार बढ्दा अन्यको भने घटेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको […]


प्रभु इन्सुरेन्सका सिईओ संञ्चित बज्राचार्यले पाए राष्ट्र यशोवद्र्धक सम्मान

बैंकिङ खबर/ प्रभु इन्सुरेन्सका सिईओ संञ्चित बज्राचार्यले राष्ट्र यशोवद्र्धक सम्मान पाउनुभएको छ । संविधान दिवसको अवसरमा सरकारले बीमक क्षेत्रकोतर्फबाट बज्राचार्यलाई उक्त पुरस्कार प्रदान गरेको हो । उहाँ लामो समयदेखि इन्सुरेन्स क्षेत्रमा सक्रिय हुनुहुन्छ । बीमा जागरणमा अभियन्ता समेत रहनुभएका बज्राचार्य बीमक संघमा पनि आवद्ध हुनुहुन्छ ।


कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार

बैंकिङ खबर/ व्यवसायी कुशुम लामालाई सुप्रबल जनसेवाश्री पुरस्कार प्रदान गरिएको छ । लामो समय वित्तीय क्षेत्रमा आवद्ध लामालाई संविधान दिवसको अवसरमा सरकारले उक्त पुरस्कार प्रदान गरेको हो । उहाँले महिलालाई डिजिटल क्षेत्रमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ । डिजिटल व्यवसायमा समेत उहाँ अग्रपंक्तिमा हुनुहुन्छ । डिजिटल विज्ञका रुपमा समेत अग्रसर लामालाई शिक्षा मन्त्रालयले […]


बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुग्यो

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकका अनुसार असोज १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २९ गतेसम्म कुल निक्षेप ५० खर्ब ६६ अर्ब रुपैयाँ थियो। यस हिसाबले यो ३ दिनको अवधिमा निक्षेप ५ अर्ब रुपैयाँले बढेको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी भने […]


सानाकिसान विकास र आरएमडिसी लघुवित्तबीच मर्ज हुँदै

बैंकिङ खबर/ साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमीटेड र आरएमडिसी लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । यी दुई संस्थाबीच एकआपसमा गाभिने उद्देश्यले शुक्रबार समझदारी भएको हो । मर्जरका लागि सेयर आदानप्रदान अनुपात १००ः८७ कायम हुने सहमति भएको छ । यसको अर्थ आरएमडिसी लघुवित्तको हाल १०० कित्ता सेयर हुनेले मर्जरपछि बन्ने संस्थाको ८७ […]


नयाँ ब्रोकर लाईसेन्सका लागि खुल्यो आवेदन

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी (ब्रोकर) लाइसेन्सका लागि निवेदन खुलाएको छ। सेबोनले आइतबार एक सूचना प्रकाशन गरी निवेदन खुलाएको हो । धितोपत्र बजारलाई थप प्रतिस्पर्धा, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तराष्ट्रियस्तरको प्रविधि सहितको क्षमतायुक्त बनाउनका लागि नयाँ ब्रोकरको लाइसेन्स प्रदान गर्न लागेको बोर्डले जनाएको छ । नयाँ धितोपत्र दलाल […]


नेपाल बैंकको बचत तथा मुद्दति खातामा आकर्षक व्याजदर

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंकले  नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले शुक्रबार नयाँ व्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक नयाँ व्याजदर अनुसार बैंककले बचत खातामा न्यूनतम ७.१३ प्रतिशतदेखि अधिकतम १०.१३ प्रतिशतसम्म व्याज दिनेछ । यस्तै मुद्दतिमा अधिकतम १३.१३ प्रतिशतसम्म व्याज तोकेको छ । यसमा ब्यक्तिगतमा १२.१३ प्रतिशत र संस्थागतलाई १०.१३ र रेमिट्यान्सलाई […]