October 10th, 2017

दुई वटा लघुवित्तमा रोजगारीको अवसर खुल्यो (विज्ञापनसहित)

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेका छन् । 

स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रशिक्षार्थीदेखि मेनेजरसम्मका विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई कात्तिक ६ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा जागीर खुलेको छ । पर्सादेखि कञ्चरपूरसम्म १५ जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्त सेवा दिँदै आएको यस संस्थाले नायब प्रमुख कार्यकारी अधिकृतदेखि स्वयमसेवकसम्म गरी सात पदमा कर्मचारी माग गरेको छ । सहायक र स्वयमसेवक श्रेणीमा काम गर्नका लागि अनुभव माग गरिएको छैन । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारलाई कात्तिक ३ गतेभित्र आवेदन दिइसक्न आह्वान गरिएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]