January 15th, 2018

जनउत्थान सामुदायिक लघुवित्तको बोनस र हकप्रद सेयर पारित

जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक लिमिटेडको सातौँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष यम बहादुर वि.केको अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७३/०७४ को संचालक समितिको प्रतिवेदन पास गर्नुका साथै असार मसान्त सम्मको वासलात,नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तिय विवरण स्वीकृत गरेको छ । 

विशेष प्रस्ताव अन्र्तगत आ.व को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि दुई लाख ५२ हजार छ सय ३१ रुपैयाँ ५८ पैसा नगद लाभांश वितरण गर्ने निर्णय पनि साधारणसभले गरेको छ । साथमा बोनसपछि कायम हुने चुक्तापुँजीको शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गरिएको छ । 

बोनस सेयर पश्चात बैंकको चुक्तापूँजी दुई करोड ८८ लाख रुपैयाँ कायम हुने छ । उक्त पुँजीको शतप्रतिशत हकप्रद सेयर समेत जारी गर्दा बैैंकको चुक्तापुँजी साढे पाँच करोड नाघ्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]