सातामा ३० अर्बभन्दा बढीको कारोबार, कुल बजार पूँजीकरण २७ खर्बमाथि

यो साताको पाँच कारोबार दिनमा रू. ३० खर्ब ८ करोड ७५ लाख १९ हजार बराबरको  ५ करोड ६३ लाख ६६ हजार ४८० कित्ता शेयर कारोबार भएको छ । गत साताको भन्दा यो साता कारोबार रकम रू. १५ करोड ९८ लाख ९७ हजारले बढी भएको छ ।  गत साता रू. २८ अर्ब ४८ करोड ८५ लाख […]


ब्रोकरले एउटै कम्पनीबाट टीएमएस किन्न नपाउने

उच्च गुणस्तर कायम होस् र सिस्टम आपूर्तिमा एउटै कम्पनीको एकाधिकार नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो  अनलाइन सेयर कारोबारमा लगानीकर्ताको खरिदबिक्री आदेश नेप्सेको मुख्य कारोबार प्रणालीमा जोड्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सबै ब्रोकरले एउटै कम्पनीबाट किन्न नपाउने व्यवस्था हुन लागेको छ । टीएमएस व्यवस्थापन ब्रोकरलाई दिने तयारी गरेको नेप्सेले सिस्टम खरिदमा भने यस्तो व्यवस्था गर्न लागेको […]


कोरोना बीमा बाह्र हजारलाई भुक्तानी

कोरोना भाइरसबाट सङ्क्रमित भई कोरोना बीमा दाबी गर्नेमध्ये १२ हजार १९३ जनाले दाबी भुक्तानी पाएका छन् । बीमा समितिले बिहीबार प्रकाशन गरेको तथ्याङ्क अनुसार १२ हजार १९३ कोरोना सङ्क्रमितले एक अर्ब १९ करोड सात लाख रुपियाँ दाबीबापत भुक्तानी प्राप्त गरेका हुन् । समितिका अनुसार दाबी भुक्तानीका क्रममा कागजपत्र पूरा भएका २३ हजार ५६ जनामध्ये १२ […]


डिजिटल अर्थतन्त्र प्रवर्द्धन गर्न नेपाल–अमेरिका सहमत

नेपाल–संयुक्त राज्य अमेरिका व्यापार र लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तर्गतको व्यापार र लगानीसम्बन्धी काउन्सिलको पाँचौं बैठकले आर्थिक वृद्धिलाई बढावा दिन डिजिटल व्यापारको भूमिकालाई महत्त्व दिनुपर्नेमा जोड दिएको छ ।  नेपाल र अमेरिका दुवै देश डिजिटिल अर्थतन्त्र प्रवर्द्धनमा सहकार्य गर्न सहमत भएका छन् । बैठकमा भएका प्रतिबद्धता कार्यान्वयनका लागि आगामी दिनमा द्विपक्षीय बैठक बस्ने र टिफा काउन्सिलको छैटौं […]


‘लगानीको वातावरण बनेन’

 नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा लगानीको वातावरण बन्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा चौधरीले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण लगानीको वातावरण बन्न नसकेको बताए।   लगानी गरेर उद्यमशील बन्ने सोच धेरैमा भए पनि लगानीको उपयुक्त अवसर नभएको उनको भनाइ छ। […]


कोरोना बीमामा ५० ओटा आवेदन दाबी पाउन अयोग्य

बीमितहरूले दोहोरो मागदाबी गरे : बीमा समिति, हालसम्म १ अर्ब १९ करोड दाबी भुक्तानी केही समयअघि कोरोना बीमामा दाबी भुक्तानी ढिलाइ भयो भनेर ग्राहकस्तरबाट पनि बीमा कम्पनीहरूको नकारात्मक टिकाटिप्पणी भयो । अहिले बीमा कम्पनीहरूले दाबी भुक्तानीलाई चुस्तरूपमा अगाडि बढाएका छन् । तर, अहिले केही ग्राहकले पनि कोरोना बीमा प्रयोग गरेर फाइदा लिन खोजेको पाइएको छ […]


सेयर धितो कर्जामा नयाँ सर्त

नेपाल राष्ट्र बैङ्कले सेयर धितोमा कर्जा प्रदान गर्न थप सर्त लगाउन निर्देशन दिएको छ । राष्ट्र बैङ्कले क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरेको निर्देशनमा संशोधन गर्दै पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, तीन वर्षदेखि साधारण सभा नगरेका र कम्तीमा […]


असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन्।   नेपाल राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड–१९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा पर्नबाट रोकिने भएको छ।   केन्द्रीय […]


अर्थतन्त्रमा सकारात्मक अवस्था

बाह्य तथा केही आन्तरिक सूचक सुदृढ हुँदा अर्थतन्त्रमा सकारात्मक अवस्था सिर्जना भएको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/७८ को कात्तिकसम्मको मुलुकको वर्तमान आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनअनुसार चौमासिक अवधिमा व्यापार सन्तुलन, चालू खाता तथा भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमा क्रमिक सुधार हुँदा बाह्य क्षेत्र सुदृढ भएको उल्लेख छ । […]


आर्थिक विकासमा सहकारीको योगदान

बागलुङ-गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुलुकको आर्थिक विकासका सहकारी क्षेत्रको महत्वपूर्र्ण योगदान रहेको बताएका छन् । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा अन्तर्गत गण्डकी प्रदेशस्तरीय एकाई सभाको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले जनतासँग भएको निष्क्रिय पुँजीलाई परिचालन गर्नेदेखि रोजगारी सिर्जना, आयआर्जन बढाउन तथा सामाजिक सम्बन्धमा सुधार ल्याउन सहकारीको […]