विश्व बैङ्कले साढे नौ अर्ब ऋण दिने

 नेपाल सरकार र विश्व बैङ्कबीच ग्रामीण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशीलता प्रवद्र्धन गर्दै कोभिड महामारीपछिको आर्थिक पुनरुत्थानमा सघाउने गरी करिब साढे नौ अर्ब रुपियाँको आयोजना सञ्चालन गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका तर्फबाट मल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैङ्कका […]


आयात घट्दा महँगी बढ्दै

कोरोना भाइरसको प्रभावसँगै विदेशबाट हुने वस्तु आयात घटेपछि यसको मार महँगीमा पर्न थालेको देखिएको छ। चिसो मौसम सुरु भएसँगै खासगरी चीनबाट आयात हुने जाडोका कपडाको मूल्य महँगिन थालेको व्यवसायीले बताएका छन्। काठमाडौंका अधिकांश कपडा व्यवसायीले चीनबाट गार्मेन्ट आयात कम हुँदा सामानको भाउ बढेको बताएका छन्।  राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले पनि गत असोजको तुलनामा कात्तिकमा मूल्यवृद्धि […]


संसद् विघटनको धक्का

कोरोनाभाइरस (कोभिड–१९) ले थलिएको अर्थतन्त्र संसद् विघटनसँगै फेरि अन्योल र अनिश्चयतर्फ धकेलिएको छ । कोरोनाले आधा वर्षभन्दा धेरै समय बन्द रहेका उद्योग व्यवसाय भर्खरै फाट्टफुट्ट चल्ने सुरसार गर्दै गरेका बेला राजनीतिक उतारचढावले फेरि अन्योल बढेको हो । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपतिले संसद् विघटन गरेसँगै उद्योगी व्यवसायीमा निराशा बढेको छ भने अब उद्यम […]


वित्तीय मध्यस्थताको डिजिटल भविष्य

कोरोना कहरका कारण अर्थतन्त्रमा नकारात्मक असर परेपछि स्वाभाविक रूपमा बैंकिङ क्षेत्रमा पनि प्रभाव प¥यो । समुदायमा कोरोना फैलनबाट जोगाउन सरकारले २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि करिब ४ महिना अर्थात् १ सय २० दिन बैंक तथा वित्तीय संस्थाहरूलाई पनि सञ्चालन गर्न सकस नै भयो । तर पनि वित्तीय मध्यस्थता गर्ने काममा उनीहरूले सहजीकरण गर्ने काम […]


शेयरबजारका समस्याप्रति अर्थमन्त्रीको चासो : ब्रोकर कमिशन तत्कालै घटाउन निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शेयरबजारप्रति विशेष चासो देखाएका छन् । मन्त्री पौडेलले शेयरबजारप्रति चासो देखाउँदै नियामक निकायका उच्च अधिकारीहरूलाई राखेर विद्यमान समस्याहरू पहिचान गरेर तत्कालै समाधान हुनेगरी अघि बढ्न निर्देशन दिएका हुन् । पूँजी बजार बढ्न र बिस्तार हुन गइरहेको बताउँदै अहिलेका समस्या समाधान गर्न नियामक निकायहरूले समयतालिका तयार बनाएर काम गर्न उनले जोड दिए । […]


ऋण लिने बढे

ब्याजदर घट्नु, व्यापार व्यवसाय बढ्न थाल्नु, निर्माणाधीन आयोजनाको काम सुरू हुनुलगायतका कारण कर्जाको माग वृृद्धि  आर्थिक गतिविधि चलायमान भएसँगै बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह पनि बढ्न थालेको छ । अधिक तरलताका कारण ब्याजदर घटेको, व्यापार व्यवसाय बढ्न थालेको, निर्माणाधीन आयोजनाको काम सुरु भएकोलगायत कारण अर्थतन्त्र चलायमान बन्दै गएकाले कर्जा माग बढेको हो । लकडाउनका कारण गत […]


वाणिज्य बैंकको लाभांशमा भारी गिरावट

सेयर खरिदकर्तामा निराशा विश्वभर फैलिएको कोरोना महामारीको प्रत्यक्ष असर वाणिज्य बैंकमा पर्दा गत वर्षको तुलनामा लाभांश खुम्चिएको छ । यसबाट अन्य क्षेत्रभन्दा बैंकको सेयरमा नाफा हुने भन्दै लाभांशको लोभमा दोस्रो बजारमा सेयर खरिद गर्नेहरूमा निराशा छाएको छ । वाणिज्य बैंकहरूले प्रदान गर्ने लाभांश गत वर्षभन्दा निकै कम भएपछि नाफा बढी हुने र लाभांश पनि बढी […]


सेयर ब्रोकरको कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

सेयर खरिदबिक्रीमा ब्रोकरको कमिसन घटाउन अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् । शुक्रबार धितोपत्र बोर्डका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।   सेयर कारोबारमा ब्रोकरलाई तिर्नुपर्ने शुल्क बढी भएको भन्दै घटाउन लगानीकर्ताले माग गरिरहेको समयमा अर्थमन्त्रीबाट यस्तो निर्देशन आएको हो । हाल सेयर कारोबारमा लगानीकर्ताले ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने व्यवस्था छ । धितोपत्र बोर्डले […]


प्रभावकारी भएन १ खर्बको पुनर्कर्जा कोष

सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योगी व्यवसायीलाई राहत दिन ल्याएको १ खर्बको पुनर्कर्जा कोष अझै प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको छैन । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले यस विषयमा गम्भीरतापूर्वक चासो नदिँदा कार्यान्वयनमा आउन नसकेको व्यवसायीले बताएका छन् । साथै यस सम्बन्धमा सरकारका अन्य सरोकारवाला निकाय पनि संवेदनशील बन्न सकेका छैनन् । कोरोना प्रभावित […]


लघुवित्तका ऋणीलाई किस्ता तिर्न समय थप

नेपाल राष्ट्र बैंकले कोभिड–१९ प्रभावित लघुवित्त वित्तीय संस्थाका ऋणीहरूलाई थप समय दिएको छ । केन्द्रीय बैंकले लघुवित्त संस्थाहरूलाई निर्देशन जारी गर्दै ऋणीहरूको लिखित अनुरोध आएमा कोभिड–१९ को प्रभावको सघनता र ऋणीको कर्जा भुक्तान गर्ने क्षमताको विश्लेषण गरी सयम ६ महिना थप गर्नसक्ने व्यवस्था गरेको हो । यसअघि २०७७ चैत मसान्तभित्र समान किस्तामा असुलउपर गर्ने व्यवस्था […]