तीन ब्रोकर कम्पनीलाई कारवाही

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनी(धितोपत्र दलाल व्यवसायी)हरुलाई कारवाही गरेको छ । तोकिएको समयमा विवरण पेश नगर्ने धितोपत्र दलाल व्यवसायीहरुलाई कारबाही गरिएको बोर्डले एक विज्ञप्ति जारी गरी जनाएको छ । बोर्डकाअनुसार धितोपत्र दलाल व्यवसायी सनी सेक्यूरिटिज कम्पनी लिमिटेडले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८२ को उपदफा (१) बमोजिम तोकिएको समयभित्र बार्षिक प्रतिवेदन पेश […]


सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ खुला, माया खोलाको माघ १३ गतेदेखि खुल्ने

बैंकिङ खबर/ सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका […]


विदेशमा रहेका श्रमिकले मोलुङ हाइड्रोपावरको आईपीओ भर्ने अन्तिम दिन

बैंकिङ खबर/मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने अन्तिम दिन रहेको छ। कम्पनीले गत पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ बिक्री खुला गरेको थियो। विदेशमा रहेका नेपाली श्रमिकले आज बैंकिङ समयसम्म आवेदन दिन सक्ने धितोपत्र बिक्री प्रबन्धकमा सनराइज क्यापिटलले जनाएको छ। कम्पनीले वैदेशिक रोजगारीमा […]


कालिञ्चोक दर्शनको आईपीओ खुल्ला

बैंकिङ खबर/ कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन […]


आईपीओ निष्काशन गर्दै सुपर मादी हाइड्रोपावर

बैंकिङ खबर/ सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता […]


माया खोला हाईड्रोपावरको शेयर बाँडफाँड

बैंकिङ खबर/ माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडको आयोजना प्रभावित क्षेत्रकालागि निष्काशित शेयरको बाँडफाँड सम्पन्न भएको छ । प्रभु क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १० प्रतिशत अर्थात रु.१०,००,००,००० (दस करोड) रकम बराबरको रु.१०० अंकित दरका १०,००,००० कित्ता साधारण शेयर मध्ये संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को […]


सुपर हेवा पावरले आईपिओ निष्काशन गर्ने,बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

बैंकिङ खबर/लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनीलिमिटेडको सर्वसाधारणमा बिक्री गरिने रु.१००  अंकित दरका रु.११,५४,३६,००० रकम बराबरको ११,५४,३६०कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धीसम्झौता गरेको छ । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ । […]


विवरण नबुझाउने ३ सेयर ब्रोकरलाई कारबाही

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले समयमा विवरण नबुझाउने ३ सेयर ब्रोकर कम्पनीलाई कारबाही गरेको छ । सनि सेक्युरिटिज (ब्रोकर–४२) , इम्पेरियल सेक्युरिटिज (ब्रोकर–४५) र त्रिशूल सेक्युरिटिज कम्पनी (ब्रोकर–२९) कारबाहीमा परेका हुन् । नियामकीय व्यवस्थालाई अटेर गर्दै बोर्डले मागेका विवरण तथा प्रतिवेदनसहित नियमित रुपमा त्रैमासिक आर्थिक प्रतिवेदन पेश नगर्ने तीन वटा कम्पनी कारबाहीमा परेका हुन् । […]


आईपीओ जारी गर्दै सानिमा मिडिल तमोर

बैंकिङ खबर/सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आउँदो माघ ४ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र विदेशमा रहेका नेपाली श्रमिकका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने कुल ३३ लाख ३२ हजार ५०० कित्ता आईपीओ स्थानीय आयोजना प्रभावित बिक्री खुला गर्नेछ। जसमा […]


पालुन खोला हाईड्रोपावरले आइपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

बैंकिङ खबर/पालुन खोला हाईड्रोपावर कम्पनीले स्थानियबासी तथा सर्वसाधारणलाई गरी जम्मा १९ लाख कित्ता शेयर सार्वजनिक निष्काशन गर्ने भएको छ । जसका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता पुष २४ गते आईतबार सम्पन्न भएको हो । सम्झौतामा पालुन खोला हाईड्रोपावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष पुष्प […]