विदेशी मुद्रा सञ्चिती १० खर्ब नाघ्यो

विदेशी मुद्राको सञ्चिती बढेको छ । चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म विदेशी मुद्रा सञ्चिती १० खर्ब ७ अर्ब ६१ करोड रुपैँया पुगेको छ । नेपाल राष्ट्र बैँकका अनुसार गत वर्षको असार मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिती ८ खर्ब २४ अर्ब ६ करोड रुपैँया मात्रै थियो । जसअनुसार, यस्तो सञ्भिती २२.३ प्रतिशतले बढेको छ ।  कुल विदेशी […]


परिवर्तन भएर आउँदैछ यसपालीको नयाँ नोट

यसपालीको नयाँ नोट परिवर्तन भएर आउने भएको छ । नेपाल राष्ट्र बैंकले नयाँ नोटलाई केही परिवर्तित शैलीमा छाप्ने भएको हो । नयाँ नोटमा सुरक्षा धागो र जनावरको चिन्ह लगायतलाई परिवर्तन गरिएको राष्ट्र बैँकले जनाएको छ ।  नयाँ आउने पाँचसय दरको नोटमा दुईवटा बाघको सट्टा चितवन राष्ट्रिय निकुञ्जमा पाइने एउटा बाघ राखिएको छ भने एकसय रुपैया […]


राष्ट्र बैँककै भएन पुनर्निर्माण : भत्किएका १० तस्वीरहरु

गतवर्ष बैशाख १२ मा गएको बिनाशकारी भूकम्पले नेपालको धेरै संरचनाहरु ध्वस्त पार्यो । त्यस्तै नेपालका बैंकहरुको नियमक निकाय नेपाल राष्ट्र बैंकको भवनमा समेत कामै गर्न नसक्ने गरी क्षति पुर्यायो । बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको भवनका अधिकांश संरचना क्षतविक्षत भए । त्यस्तै राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ कार्यालय पनि क्षतिग्रस्त भयो । राष्ट्र बैंकले यो भवन जतिसक्दो […]


गभर्नरले भने– ‘सूचना आयोगले बैंकहरुलाई धन्यवाद दिनुपर्छ’

गभर्नर डा. चिरञ्जीबि नेपालले नेपालमा सबैभन्दा बढी पारदर्शी सूचना प्रवाह गरेबापत सूचना आयोगले बैंकहरुलाई धन्यवाद दिनुपर्ने बताएका छन् । तर, अझै कतिपय सूचनाहरु सिस्टमबाट आउने नगरेको उनको गुनासो थियो । राष्ट्रिय सूचना आयोगले शुक्रबार राजधानीमा आयोजना गरेको बैंकिङ क्षेत्रमा सूचनाको अधिकारको प्रयोगबारे अन्तक्रिया कार्यक्रममा गभर्नरले यस्तो बताएका हुन् । राष्ट बैंकले २०७० साल फागुन ११ […]


सवा पाँच अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्नका लागि पाँच अर्ब २५ करोडको ट्रेजरी विल बोलकबोलमार्फत विक्री गर्ने भएको छ । सरकारको नाममा केन्द्रीय बैंकले जारी गरेको ट्रेजरी विल ९१ दिनेका लागि हो । ९१ दिनेका लागि ५ सय २५ करोडको ट्रेजरी विल आउँदो बुधबार बोलकाबोलमार्फत विक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।  बैंक तथा वित्तीय संस्थामा […]


विभिन्न बैंकबित्त मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति 

नेपाल राष्ट्र बैंकले विपभिन्न बैंक तथा वित्तिय संस्थाहरुलाई मर्जरको अन्तिम स्वीकृति दिएको छ । राष्ट्रको बोर्ड बैठकले पाँच वटा सस्था मर्जका लागि अन्तिम स्वीकृति दिएको छ ।  जस अनुसार कैलाश विकास बैंकमा मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाइनान्स गाभ्न, रेसुंगा डेभलपमेन्ट बैंक र गौमुखी विकास बैंकबीच मर्जर हुन अन्तिम स्वीकृति दिएको छ ।  त्यसैगरी […]


ट्रेजरी विल र रिपोबाट रकम खिच्दै राष्ट्र बैंक

मूल्यस्थिरता कायम गर्नका लागि केन्द्रीय बैंकले ट्रेजरी र रिभर्स रिपोबाट रकम खिच्न लागेको छ । राष्ट्र बैंकले जेठ ५ गते रिभर्स रिपो गर्ने र जेठ ३ गते ट्रेजरी बिल विक्री गर्नेसम्बन्धी सूचना प्रकाशित गरेको हो । लगानी गर्नु पर्ने रकम बैंक तथा वित्तीय संस्थामा जम्मा भएपछि बजारमा भएको तरलतालाई खिचेर मूल्यस्थिरता कायम गर्न राष्ट्र बैंकले यस्तो […]


‘विदेशीको नोकर हैन, स्वदेशको मालिक बन्नुस्’

डा. चिरञ्जिबी नेपाल, गभर्नर – आजको यस सम्मेलनलाई मैले महत्वपूर्ण मानेको छु । यहाँ देशभरबाट साथीहरु आउनुभएको छ । ग्रामीण गाऊँ, वस्ती तथा दुरदराजका समस्या, अनुभव र सुझावसहित आउनुभएको छ । यही अर्थमा पनि यो सम्मेलन अर्थपूर्ण छ । लघुवित्त क्षेत्रले नेपाली अर्थतन्त्रमा एकदमै सकारात्मक भूमिका खेलेको छ यसमा कसैको दुईमतै छैन । विशेषगरी ग्रामीण क्षेत्रको […]


वित्तीय संस्थालाई गाउँ केन्द्रित हुन गभर्नर नेपालको निर्देशन

नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहँुच पु¥याउनका लागि वित्तीय संस्थाले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताउनुभएको छ । अहिलेको समयमा पनि दुई चौथाइ नेपाली वित्तीय क्षेत्रको पहँुच बाहिर रहनु बिडम्बना भएको भन्दै उहाँले त्यसलाई सुधारेर ग्रामीण क्षेत्रमुखी कार्यक्रम गर्न निर्देशन दिनुभयो । बुटवलमा केन्द्रिय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाको आज बिहान […]


आफ्नै नामको ऋणपत्र जारी गर्दै राष्ट्र बैँक

नेपाल राष्ट्र बैँकले एक बर्षे अवधिको' नेपाल राष्ट्र बैंक ऋणपत्र' जारी गर्ने भएको छ । राष्ट्र बैंकको बिहीबार साँझ बसेको सञ्चालक समितिको वैठकले ५० अर्ब रुपैयाँको  ऋणपत्र जारी गर्ने निर्णय गरेको हो । बजारमा अधिक लगानी योग्य पुँजी थुप्रिएपछि नेपाल राष्ट्र बैंकले २४ बर्षपछि आफ्नै नाममा ऋणपत्र जारी गर्ने भएको छ ।  यसअघि, राष्ट्र बैंकले […]