“सांग्रिला डेभलपमेन्ट बैंक लि. र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता पत्रमा हस्ताक्षर ”

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच बैंकका ग्राहक महानुभाव तथा बैंकका कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा मिति २०८०।०५।२५ का दिन हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार […]


एभरेष्ट बैंक र ओम अस्पतालबीच विशेष छुट प्रदान गर्ने सम्झौता

बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए […]


उत्कृष्ट ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर

बैंकिङ खबर/ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ । यस सम्झौताले नेपाल बैंक लिमिटेडका आदरणीय ग्राहकवर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट […]


टेलिकमद्वारा ‘तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन, आकर्षक पुरस्कार दिने

बैंकिङ खबर/नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ। नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ। सो च्यालेन्ज हिजो (भाद्र २४) देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ। विजेताहरुलाई […]


आरबीबीले एकल ब्याजदरमै रु. १ करोडसम्मको गाडी लोन दिने

बैंकिङ खबर/राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी साधन खरीद गर्न चाहनेलाई एकल ब्याजदरमै कर्जा उपलब्ध गराउने भएको छ । सरकारी स्वामित्वको यो बैंकले दशैंतिहारजस्ता ठूला चाडपर्वलक्षित प्रडक्ट लञ्च गर्दै यस्तो स्किम सार्वजनिक गरेको हो । बैंकले ‘यो वर्षको फेस्टिभ जोन, आरबीबीको इभी लोन’ भन्ने नाराको साथ स्किम सार्वजनिक गरेको हो । बैंकले १ करोड रुपैयाँसम्मको इभी […]


आईएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

बैंकिङ खबर/डिजिटल वालेट आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याइटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत सेवाग्राहीले आईएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘एफएलवाईआईएमई’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्। सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न […]


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा वित्तीय साक्षरता जागरणका लागि प्रभातफेरी सम्पन्न

बैंकिङ खबर/सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वित्तिय साक्षरता जागरणका लागि भैरहवामा प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले २०८० भाद« २२ गतेका दिन भैरहवा क्षेत्रको बुद्वचोक हुँदै देवकोटाचोक, बैंक रोड, जिल्ला प्रशासन टोल, नारायण टोल र पुन: बुद्वचोकमा पुगेर सो प्रभातफेरी सहितको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रममा […]


मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंक लि.र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच Sustainable Energy Challenge Fund-SECF अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता भएको छ । यो सम्झौता बमोजिम बैंकले बैकल्पिक उर्जा क्षेत्रमा लगानी विस्तार गर्नेछ । बैंकको यो कदमले नवीकरणीय उर्जा उत्पादन वा प्रयोगमा प्रोत्साहन गर्न तोकिएका क्षेत्रहरुमा सहज रुपमा कर्जा लगानी गर्ने वातावरण विकास भएको छ । […]


गरिमा विकास बैंकद्वारा तीज विशेष गीत र टिकटक प्रतियोगिता सार्वजनिक

बैंकिङ खबर/ गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न […]


इसेवाको बैंक लिंक एकाउन्टमार्फत भुक्तानी गर्दा उपहार जित्न सकिने

बैंकिङ खबर/ इसेवाले लिङ्क गरिएको बैंक खाता मार्फत सिधै भुक्तान गरेर आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरेको छ । इसेवा एकाउन्टमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्दा दैनिक, साप्ताहिक र मासिक आधारमा आकर्षक पुरस्कार जित्न सकिने अफर सार्बजनिक गरिएको हो । भाद्र २० देखि असोज १८ गतेसम्म सञ्चालन हुने यस अफरमा बम्पर उपहार […]