June 21st, 2021

मौद्रिक नीति : मौद्रिक नीतिका उद्देश्य र मौद्रिक नीति माथिको दवाव

सौगात खतिवडा

समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्‍याउन देशको केन्द्रीय बैंकले तर्जुमा गर्ने नीति नै मौद्रिक नीति हो । अर्काे शब्दमा राष्ट्र बैंकले मुद्राको तालमेल मिलाउने विधिलाई मौद्रिक नीति भनिन्छ ।
सामान्यतया बजेटपछि नेपालमा मौद्रिक नीति राष्ट्र बैंकले जारी गर्ने गर्छ । सरकारले आफ्नो नीति तथा कार्यक्रम कार्यान्वयनका लागि बजेट सार्वजनिक गर्छ भने बजेटले तय गरेको आय–व्ययको सन्तुलन मिलाउन राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ । नेपालमा, नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ४४ ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्दछ ।

मौद्रिक नीतिका उद्देश्यहरु:
 

  • अर्थतन्त्रमा आर्थिक तथा वित्तीय स्थायित्व कायम गर्नु
  •  विदेशी विनिमयदरमा स्थायित्व कायम गर्न ।
  • मूल्यस्थिरता कायम गर्न
  • अर्थतन्त्रमा विकासलाई प्रोत्साहित गर्न
  •  बचत र लगानीबीच सन्तुलन कायम गर्न
  •  शोधनान्तर स्थिति सुदृढीकरण गर्न
  •  वित्तीय क्षेत्रकको विकास र सुदृढीकरण गर्न ।

मौद्रिक नीतिका विशेषताहरु

  • प्राथमिकता क्षेत्रमा कर्जा वृद्धि गर्न ।
  • विदेशी विनिमय व्यवस्थापन गर्न ।
  • भुक्तानी प्रणाली व्यवस्थापन गर्न ।
  • आर्थिक वृद्धिलाई सहयोग पुर्‍याउँदै मूल्य वृद्धि नियन्त्रण गर्न ।
  • तरलता व्यवस्थापन र व्याजदर स्थायित्व गर्न ।

मौद्रिक नीतिका उपकरणहरुः
मुद्रा र साखको विस्तारमा नियन्त्रण ल्याउनका लागि केन्द्रीय बैंकले प्रयोग गर्ने उपायहरुलाई मौद्रिक उपकरण भनिन्छ । मौद्रिक नीतिलाई दुई तवरबाट लागू गर्न सकिन्छ । पहिलो परिमाणात्मक वा सामान्य उपाय र दोश्रो गुणात्मक वा चयनात्मक उपाय ।

परिमाणात्मक उपकरण

मौद्रिक नीतिको परिमाणात्मक उपकरणहरुले अर्थतन्त्रमा कुल भोलुमलाई नियमन गर्ने गर्छ । परिमाणात्मक उपकरणहरुले उत्पादनशिल एवम् अनुत्पादक सबै क्षेत्रमा सम्मान असर पार्दछ । केही परिमाणात्मक उपकरण यस प्रकारका छन् ।

बैंक दर
नेपाल राष्ट्र बैंकले नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा दिएवापत लिने व्याजदरलाई बैंकदर भनिन्छ ।
केन्द्रीय बैंकको बैंकदरले कर्जा प्रवाह, रोजगारी व्यवसायिक गतिविधि संचालन, मूल्यस्तर लगायत विभिन्न क्षेत्रलाई प्रभावित गर्छ ।

केन्द्रीय बैंकले बैंकदर घटाएमा बैंक तथा वित्तीय संस्थाहरु लिने कर्जाको लागत घटेर कर्जाको माग बढ्छ । यसले गर्दा उनीहरु कम व्याजदर कर्जा प्रदान गर्न सक्छन् । व्याजको व्याजदर घटेर कर्जा बढ्न गई व्यवसायिक गतिविधिमा वृद्धि हुनुका साथै रोजगारी सृजना हुन्छ र मूल्यस्तरमा कमि आउँछ । हाल Lendcr Of Last Resort को दर ५ प्रतिशत छ ।
सन् १९३० को मन्दी भन्दा अगाडी बैंकदरलाई महत्वपूर्ण मौद्रिक उपकरणको रुपमा प्रयोग गरिन्थ्यो । तर आजकाल वित्तीय साधनको प्रयाप्तता र अन्तर बैंक कारोबारले बैंक नीतिको प्रभावकारिता घट्न पुगेको छ ।

खुला बजार सञ्चालन
बजारमा तरलता व्यवस्थापन गर्ने र व्याजदरलाई प्रभाव पार्ने उद्देश्यका साथ केन्द्रीय बैंकले विशेषगरी अल्पकालिन अवधिका सरकारी ऋण पत्रलाई खुला बजारमा खरिदबिक्रि गर्ने कार्यलाई खुला कारोबार बजार भनिन्छ ।

मुद्रास्फीति र अर्थतन्त्रका अन्य परिसूचकहरुको अवस्था हेरी केन्द्रीय बैंकले खुला बजारमा ऋण पत्रहरु खरिदविक्रि गर्ने गर्दछ । खुला बजारमा केन्द्रीय बैंकले ऋण पत्र खरिद गर्दा बैंक तथा वित्तीय संस्थाहरुले केन्द्रीय बैंकबाट नगद प्राप्त गर्ने भएकाले बजारमा मुद्राको आपूर्ति बढ्दछ र व्याजदर कम हुन्छ ।

त्यस्तै खुल्ला बजारमा केन्द्रीय बैंकले ऋणपत्र विक्रि गर्दा बैंक तथा वित्तीय संस्थासँग भएको अधिक तरलता प्रसोचन हुन गई बजारमा मुद्राको आपूर्ति कम हुन्छ र व्याजदर बढ्छ ।
बैकदर नीतिले अल्पकालिन व्याजरलाई प्रत्यक्ष प्रभाव पार्छ भने खला बजारको प्रक्रिया नीतिले दीर्घकालिन व्याजदारलाई प्रत्यक्ष प्रभाव पार्दछ ।

अनिवार्य नगद अनुपात

बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको कति प्रतिशत नेपाल राष्ट्र बैंकमा कानूनत सञ्चय गर्नुपर्छ ।
जसलाई अनिवार्य नगद अनुपात भनिन्छ । हाल बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकमा आफ्नो कुल निक्षेप दायित्वको ३ प्रतिशत रकम जम्म गर्नुपर्ने व्यवस्था छ ।

केन्द्रीय बैंकले यस्तो सञ्चयको अनुपात थपघट गरी बैंक तथा वित्तीय संस्थाहरुसँग रहने नगद कोषमा वृद्धि वा ह्रास ल्याउन सक्छ । यो तरिकालाई तरलता व्यवस्थापनको उत्तम तरिका मानिन्छ । अमेरिकामा Fevery reserve Bank द्वारा १९३५ मा तरलता ब्यवस्थापन गर्ने उद्देश्यले यस उपायको अवलम्वन गरेको पाइन्छ ।

वैधानिक तरलता अनुपात 

बैंक तथा वित्तिय संस्थाले कुल निक्षेपको केहि प्रतिशत तरल सम्पत्ति राब्नुपर्ने गरी तोकिएको दायित्व नै वैधानिक तरलता अनुपात SLR हो । हाल अजिर्वाभ नगद मौज्दात सरकारी सुरक्षणपत्र तथा बैंकको ढुकुटीमा रहेको नगद समेत गरी वाणिज्य बैंकले आफ्नो कुल निक्षेप दायित्वको १० प्रतिशत विकास बैंकले ८ प्रतिशत र वित्त कम्पनीले ७ प्रतिशत वैधानिक तरलता कायम गनुपर्ने व्यवस्था रहेको छ ।

रिपो र रिर्भस रिपो 

बैकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलता को स्थिथिति परिवेशमा नेपाल राष्ट्र बैंकले अल्पकालीन अधिकतम ७ दिनको अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण रिपो हो । Inflation को समयमा केन्द्रीय बैंकले रिपो दर बढाउँदा वाणिज्य बैंकहरुले पैसा सापटी नलिदा बजारमा तरलताको कमी आई मुन्द्रस्फिती नियन्त्रणमा सहयोग गर्छ । नेपालमा रिपो दर ३ प्रतिशत कायम गरिएको छ ।

अधिक तरलताको स्थितिमा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था रहेको नगद छोटा अवधिका लागि सापटि लिने दरलाई रिर्भस रिपोभनिन्छ । रिर्भस रिपो,  रेट रिर्भस रिपो  भन्दा कम हुन्छ । Inflation को समयमा नेपाल राष्ट्र बैंकले रिर्भस रिपोकाे दर बढाउँदा वाणिज्य बैँकले अत्तिरित्त पैसा केन्द्रीय बैँकमा लगानी गर्दा बजारमा तरलताको कमी आई मुद्रा स्फिर्ती नियन्त्रणमा आउँछ ।

गुणात्मक उपकरण

मौद्रिक नीतिको गुणात्मक उपकरणहरुले कुनै खास उत्पादनशील क्षेत्रमा हुने मुद्रा प्रवाहको तलमेललाई नियमन गर्छ । यस्ता उपकरणहरुद्वारा उत्पादनशील क्षेत्रलाई प्रतिकूल असर नपर्ने गरी अनुउत्पादक क्षेत्रमा हुने लगानीलाई कम गर्न मद्दत गर्छ । केही गुणात्मक उपकरणहरु यस प्रकार छन् ।

मार्जिन निर्धारण

नेपाल राष्ट्र बैंकल धितो जमानतको आधारमा प्रवाह गर्ने कर्जा को सीमा निर्धारण गर्ने काम गर्दछ । यस्तै धितो जमानतको कुल मूल्य १ अर्व छ र केन्द्रीय बैंकले ५० प्रतिशत माजिर्न निर्धारण गरेको छ भने बैंक तथा वित्तीय संस्थाले ५० करोड मात्र कर्जा लगानी गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंकले जारी गर्ने मार्जिन दर र बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह गर्ने क्षमता Inversely Related हुन्छ । मार्जिन दर कम भएमा बढी र बढी भएमा कम कर्जा प्रवाह हुन्छ । यस अन्तर्गत प्रथामिक प्राप्त तथा उत्पादनशील क्षेत्रमा प्रवाहित हुने कर्जामा मार्जिन दर कम गरेर अनुउत्पादक क्षेत्रमा मार्जिन दर बढाएर उत्पादनशील क्रियाकलापमा विस्तार ल्याउन सकिन्छ ।

प्रत्यक्ष कारबाही
आफ्नो नीति लागु गराउन केन्द्रीय बैंकले अपनाउन एउटा उपाय प्रत्यक्ष कारबाही हुने राष्ट्र वैँकले तोकेको सिमामा स्प्रेड ब्याजदर राख्नुपर्ने, पुँजी कोषको तुलनामा अधिककर्जा प्रवाह गर्नु पर्ने जस्ता विभिन्न निर्देशन जारी गर्दछ र पालना नगरे कारवाही गर्न सक्छ । यसरी राष्ट्र बैंकले मद्वको तालमेल मिलाउन सक्छ ।

नैतिक दबाब

केन्द्रीय बैंकले मूल्य, मुद्राप्रदाय, मुद्रा बजार, पुँजीबजार, रोजगारी, उत्पादन जस्ता विभिन्न मौद्रिक र आर्थिक क्रियाकलापहरुको तथ्यांक संकलन गर्ने र प्रकाशित गर्ने गर्दछ ।

नियमित रुपमा बैंक तथा वितीय संस्थाहरुको सम्पत्ति, दायित्व तथा अन्य वित्तीय परिसूचकहरुको प्रकाशित गरेर सर्वसाधारणलाई जानकारी गराउँछ । यसरी प्रचारको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुमाथि नैतिक दवाव सृजना हुन पुग्दछ ।

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]