June 17th, 2021

‘अब वर्तमानलाई बदलेर भविष्य निर्माण गर्ने एकमात्र आयम डिजिटलाईजेशन हो’

परितोष पौडेल
अध्यक्ष, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)

विश्व अहिले डिजिटलाईजेशनको सन्दर्भमा नयाँ आयममा अगाडी बढिरहेको छ । डिजिटलाईजेशन र फाइनान्सियल एजुकेशन न्यू नर्मलको बेसिक प्लानको रुपमा जोडिएको छ ।  विश्वका धेरै देशले डिजिटल नेशन बनाउने अभियान शुरु गरेका छन् । सबै देशहरुले सन् २०३० सम्म इकोनमी पेपरलेस्, क्यासलेस्को ग्लोबल एजेन्डा बोकेका छन् । जापानले आफूलाई टोटल डिजिटलाईजेशन गर्ने घोषणा गरिसकेको छ । अब जापानमा पैसा छापिनेछैन । दक्षिण कोरिया पनि सन् २०२५ सम्ममा पैसा नछाप्ने तयारीमा पुगेको छ । ग्लोबली डिजिटलाईजेशनको कुरा अझै फराकिलो ढंगले अगाडी बढेको छ । यसलाई अगाडी बढाउनका लागि फाइनान्सियल टेक्नोलोजी एजुकेशनको महत्वपूर्ण भूमिका रहनेछ ।

‘लिट्रेसी आधारभूत विषय हो’

अहिले फाइनान्सियल लिट्रेसीको कुरा उठिरहेको छ । लिट्रेसी आधारभूत विषय हो । मान्छेलाई समेट्न, उन्नत बनाउन, नयाँ मान्छेको आकार दिन फाइनान्सियल एजुकेशन अथवा टेक्नोलोजी एजुकेशनको आवश्यक छ । यो फाइनान्सियल टेक्नोलोजीको आधारभूत शिक्षालाई हामीले विद्यालय तहमा दिन सकेनौँ । त्यसैले यो अनौपचारिक क्षेत्रबाटै जोडिनुपर्छ । डिजिटलाईजेशनको कुरा गरिरहँदा लिट्रेसीलाई जोड्न आवश्यक छ ।

डिजिटलाईजेशनमा नेफ्स्कूनले खेलेको भूमिका

फाइनान्सियल टेक्नोलोजी भन्ने विषय ग्लोबल कन्टेस्टमा अगाडी बढिरहँदा नेपालमा नेफ्स्कूनले नै शुरुवात गरेको थियो । त्यतिबेला हामीले पेपरलेस, चेकलेसको कुरा चर्चा गर्न थालेका थियौँ ।
आज चेकलेस, पेपरलेस मात्र नभएर ब्रान्चलेस बैंकिङ, हियुमनलेस बैंकिङको कुरा नयाँ आयमका रुपमा अगाडी बढिरहेको छ । यि आयमहरु अगाडी बढिरहँदा नेफ्स्कूनले नै काउनटिङ सफ्टवेयर प्रारम्भिक संस्थालाई दिँदै आएको थियौँ । ६४ औँ सहकारीको नारा पनि हामीले ‘मर्यादित व्यवसाय र प्रविधिको सहकारी’ भन्ने बनायौँ । त्यसरी बनाइरहँदा मर्यादित व्यवसायका विभिन्न आयमहरु यो भित्र समेटिएको छ ।

अहिले श्रमको अवस्था, उचित पारिश्रमिकको विषयलाई कसरी व्यवस्थापन गर्ने, सहकारी क्षेत्रमा स्वच्छ व्यापारको कुरा भनेर नेफ्स्कूनले अगाडी बढाइरहेको छ । विगतमा पनि हामीले स्वच्छ व्यापारलाई संस्थागत हिसाबले कसरी मर्यादित बनाउन सकिन्छ भन्ने कुरा उठाउँदै आएका थियौं । अहिले यो विषयलाई राष्ट्रिय सहकारी महासंघले सम्बोधन गरेको छ । सुरक्षित र स्वतन्त्र कार्यस्थल अहिलेको महत्वपूर्ण विषय बनेको छ ।

सहकारीकर्मीको आत्मसम्मान कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषय मर्यादित व्यवस्थासँग जोडिएको छ । यो मर्यादित व्यवस्थालाई सञ्चारले गर्ने डिजिटलाईजेशन र सर्भिलाईजेशन भन्ने दुईवटा विषय अगाडी बढाएका छौं । डिजिटलाईजेशन भन्ने विषय ७ वटा सेक्टरलाई एउटै पेमेन्ट प्लेटफर्मबाट अथवा सर्भिस प्लेटफर्मबाट कसरी डिजाइन गर्न सकिन्छ भन्ने महत्वपूर्ण विषय हो । डिजिटलाईजेशन र सर्भिलाईजेशन नीतिगत नेतृत्व अहिले सहकारी महासघंले गरेको छ ।

यसको प्राविधिक नेतृत्व नेफ्स्कूनले गर्नुपर्नेछ । सहकारी महासंघ र नेफ्स्कूनले डिजिटलाईजेशन र सरर्भिलाईजेशनको नयाँ मोडमा छलफल गरिरहेका छौं । अहिले हामी इआरपी (इन्टरप्राइजोज रिसोस प्लानिङ ) को मोडलमा अगाडी बढिरहेका छौँ । सञ्चालन सम्बन्धि सिद्धान्तमा जुन नेटवर्क मेनेजमेन्ट सम्बन्धि सिद्धान्त छ । हामी यहि सिद्धान्तको मार्गदर्शममा बसेर छलफल चलाउन थालेका छौं ।

नेपालमा सञ्चालित सबै बचत तथा ऋण कारोबार गर्ने सहकारी संस्थालाई यो नेटवर्क भित्र कसरी ल्याउने भन्ने बिषयमा छलफल चलाइराखेका छौं । हामीले इआरपीको मोडलमा नीतिगत छलफल गरिसकेका छौं । अब व्यवहारिक ढंगले कसरी जान सकिन्छ भन्ने तयारीमा छौं । हामीले त्यसको लागि अन्तर्राष्ट्रिय परामर्श सहयोग लिएर गरेका छौं ।

नयाँ टेक्नोलोजीको सुरुवात

अहिले कोर बैंकिङ सिस्टमको कुरा उठिरहेको छ । नेफ्स्कूनले कोर बैंकिङ सिस्टमभित्र सबै डिजिटल पेमेन्टलाई राखेर एउटा साकोस कनेक्ट भन्ने नयाँ टेक्नोलोजीको सुरुवात गरेका छौँ । त्यसबाट हामीले ओम्नी च्यानल विकास गर्नेछौं । त्यसमा सबै किसिमका एकाउन्टिङ सफ्टवेयरहरु एकआपसमा अन्तरसहकारी कारोबार भुक्तानी गर्न सक्ने विधि बनाएका छौं ।

बचत तथा ऋण सहकारी संस्था, हाम्रो प्रारर्भिक संस्थाका सदस्य मात्रै यसभित्रका सिमा हुने हुँदा अब नेपालका प्रारम्भिक संस्थाका सदस्यहरुले यो आधुनिक तहको एकाउन्टिङ सफ्टवेयर चलाएर एउटै छाताको शुरुवात गर्नुपर्नेछ । साकोस कनेक्टको विषयलाई हामीले सूचना प्रविधि दिवसको दिन सार्वजनिक गरिसकेका छौं । सबै साकोस कनेक्टलाई हामीले एपीआई कनेक्ट दिने भनेका छौँ । त्यसो हुँदा नेपाल भरि भएका सहकारी संस्थाले साकोस कनेक्ट प्रविधिलाई प्रयोग गरेर सबै सुविधा लिनेछन् । चाहे डिजिटल पेमेन्टका सुविधा होस्, वा डिजिटल चेकका कुरा अथवा क्युआर कोडको कुरा । अथवा अरु उच्च स्तरीय प्रविधिको विषय । यसमा हामीले ट्रायल बेसिसमा रहेर काम गरिरहेका छौँ । अहिले हामीले १५० ओटा संस्थाको ट्रायल बेसिसमा सफलताका साथ काम सम्पन्न गरिसकेका छौं ।

बजारमा भएका सफ्टवेयर मध्ये सबैभन्दा प्रतिस्पर्धी सफ्टवेयर बनाउनुपर्छ भनेर नेफ्स्कूनले इआरपी बेसिकली ६ ओटा विषयलाई उठान गरिरहेको छ । सेभिङ क्रेडिट हामीले गर्दै आएको कुरा हो । त्यसमा इन्सुरेन्स पनि जोडिएर लैजाने कुरा भइरहेको छ । रेमिट्यान्सका विषय, पेमेन्ट फेमवर्कका विषय र क्यापिटल फरमेशनमा पनि सहकारी क्षेत्रको भूमिका हुनुुपर्छ भनेर ६ वटा विषयलाई आधारका विषय बनाएर नेफ्स्कूनले मार्गदशन गरिरहेको छ । यो नेफ्स्कून हुँदै बचत तथा ऋण सहकारीसम्म पुग्नेछ ।

अहिले केहि विधि, केहि विषयमा केहि केहि समस्याहरु देखा परेका छन् । राष्ट्र बैंकको ऐनमा संशोधन गर्नुपर्ने, अरु ऐनमा पनि संशोधन गर्नुपर्ने केहि विषय छ । ऐन कार्यन्वयका विषय केहि चुनौतीपूर्ण बन्दै गएका छन् । हामीले भनिरहेको विषय भनेको भेन्डोर टु अर्थात् हरेक इन्डीभिजेलको बीचमा हाम्रो सर्भिसहरु पुग्नुपर्छ भन्ने हाे ।

त्यो सर्भिस पुग्नको निमित्त यो सर्भिस प्रोभाइडर अथवा सर्भिस पेमेन्ट अपरेटर हामीलाई राष्ट्र बैकले दिर्नुपर्ने अवस्था हुन्छ । त्यो अहिले बैंकवित्त क्षेत्रलाई मात्र दिइरहेको छ । सहकारीलाई नदिएको अवस्था छ । अब आउने नीति तथा कार्यक्रममा यो विषयलाई समेट्नु पर्नेछ । यसका निमित्त महासंघकै तर्फबाट हामीले धारणाहरु अघि सारेका छौँ । त्यसैले वर्तमानलाई बदल्ने र भविष्यलाई निमार्ण गर्ने महत्वपूर्ण आयम फाइनान्सियल डिजिटलाईजेशन नै हो ।

(मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कून)का अध्यक्ष परितोष पौडेलले राख्नुभएको मन्तव्यको सम्पादित अंश)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]