April 9th, 2021

‘ग्रामीण जनजीवनलाई केन्द्रीय वित्तप्रणालीमा जोड्न राजधानी प्रवेश गरेका हौँ’

स्थानेश्वर पौडेल
अध्यक्ष
शाइन रेसुंगा डेभलपमेन्ट बैंक

शाइन रेसुंगा डेभलपमेन्ट बैंक आज ८० शाखासहित देशभर विस्तार भएको छ । ११ फागुन २०६३ मा बुटवलमा केन्द्रीय कार्यालयको शुभारम्भ भएको ठिक सय दिनपछि अर्घाखाँचीमा दोस्रो शाखा उद्घाटन भएको थियो । स्थापनाको १४ वर्षपछि राजधानी काठमाडौं प्रवेश गर्दा हामी ८०औँ शाखामार्फत सेवा दिँदै छौँ । त्यो दिन र आजको दिनलाई हेर्दा बैंकको गन्तव्यले एउटा उचाइ लिएको छ । यसको नेटवर्क राष्ट्रियस्तरमा पुगेको छ ।

एउटा शाखाबाट ८० वटामा आइपुग्दा पक्कै पनि यसको सञ्चालक समिति, म्यानेजमेन्ट टिम, यसको प्रमुख कार्यकारी अधिकृत, सेयरधनीलगायत सम्पूर्ण स्टेकहोल्डरको माया–ममता, साथ र सहयोग महत्त्वपूर्ण सावित भएको छ । यो सफलतामा बैंकको एचआर टिमको संघर्ष निकै महत्त्वपूर्ण छ, यही संघर्षको परिणामस्वरूप हामी सफलताउन्मुख हुँदै यहाँसम्म आइपुगेका छौँ ।

हामी नेपाल सरकारको समृद्धिको नारासँगै अगाडि बढ्दै छौँ । राज्यघोषित समृद्धिको यात्रालाई वित्तीय क्षेत्रबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचका साथ हामीले आफ्ना गतिविधि अगाडि बढाउँदै आएका छौँ ।

हाम्रो शाखासञ्जाल सहरी क्षेत्रमा झन्डै १५ प्रतिशत मात्र छ । अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत छ । नेपालको समृद्धिका लागि ग्रामीण क्षेत्र तथा जनजीवनलाई वित्तीय क्षेत्रसँग जोड्नु वा आबद्ध गराउनु जरुरी छ । यसका लागि ग्रामीण क्षेत्रमा चेतना अभिवृद्धि गर्नु आवश्यक छ भन्ने हिसाबले हामी ग्रामीणमुखी बैंकिङलाई महत्त्व दिँदै अगाडि बढिरहेका थियौँ । तर, आज यहाँसम्म आउँदा ग्रामीण जनजीवनलाई पनि केन्द्रीय वित्त–प्रणालीसँग जोड्नुपर्छ भन्ने तथ्यबोधका साथ अहिले हामीले एकैपटक काठमाडौंका पाँच स्थानमा शाखा विस्तार गरेका छौँ ।
हाम्रा चार लाखभन्दा बढी ग्राहक हुनुहुन्छ । उहाँहरूले
सधैँ काठमाडौंमा साइन रेसुंगाको शाखा कहाँ छ भनेर सोधिरहनुहुन्थ्यो । त्यसलाई आउटलेट दिनु हाम्रो जिम्मेवारी र आवश्यकता दुवै थियो । ती आवश्यकतासँगै ग्रामीण जनजीवनलाई केन्द्रीय वित्तीय प्रणालीसित जोड्दै नेपालको समृद्धिको सपना पूरा गर्न पनि राजधानीमा हाम्रो उपस्थिति आवश्यक छ भन्ने महसुस गरी हामी काठमाडौं प्रवेश गरेका हौँ ।

नेपाल राष्ट्र बैंकको पनि सामाजिक उत्तरदायित्वको फन्ड छुट्याएर अगाडि बढ्ने केन्द्रीय नीति छ, जसअनुसार हाम्रो बैंक अगाडि बढेकै छ । त्यसलाई पछ्याउनेक्रममा हामीले भर्खरै १२औँ वार्षिकोत्सवका अवसरमा समाजलाई कसरी सहयोग गर्न र सेवा दिन सकिन्छ भन्ने सोचका साथ कार्यक्रम बनाएका छौँ । हामीले १२ वटा विद्यालयमा १२ वटै डिजिटल क्लासरुम तयार गर्ने लक्ष्य निर्धारण गरी काम अघि बढाएका छौँ । जुन क्षेत्रका विद्यालयमा डिजिटलाइजेसन हुन सकेको छैन, त्यस्तो क्षेत्रका विद्यालय पहिचान गरी कक्षाकोठालाई डिजिटलाइज्ड गर्ने कार्यक्रम छ । देश डिजिटलाइजेसनमा प्रवेश गरिसकेको छ, हाम्रो बैंकले पनि यसको अभ्यास गरिसकेको छ । अब विद्यार्थीले पनि विद्यालयबाट डिजिटल कन्सेप्ट लिएर आउनुपर्छ भन्ने हाम्रो सोच छ । डिजिटल पहुँच नभएका क्षेत्रमा हाम्रो यो सोचले पनि केही योगदान गर्छ भन्ने अठोट लिएर हामी अगाडि बढेका छौँ । त्यसैगरी, हामीले १२ हजार रुख रोपेका छौँ । नेपालको हरियालीमा योगदान पु¥याउनु मानवताप्रतिको हाम्रो सकारात्मक सोच हो । यसले जलवायु परिवर्तन रोक्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।

स्थापनाको १४ वर्षमा काठमाडौं आइपुग्दा शाइन रेसुंगा बैंकले एउटा मूल चक्रका चरणहरू पर ग¥यो । हाम्रो व्यवस्थापकीय टिमले त्यसका अनुभवहरू सँगालेको छ । आज हाम्रो टिम उही छ, स्पिरिट पनि उही छ । मन्दीको चरणदेखि कोभिडलाई किनारा लगाउँदै काठमाडौं आएको हाम्रो बैंक पक्कै पनि यो काठमाडौंको तीव्र प्रतिस्पर्धामा खरो उत्रन सक्छ भन्ने विश्वास हामीलाई छ । यो टिमले हामीलाई अपेक्षित उचाइमा पु¥याउन सक्छ भन्ने विश्वासका साथ हामी काठमाडौं आएका छौँ ।
हाम्रो बेस रेट ७ दशमलव ४११ आइपुगेको छ । यो भनेको हाम्रा सबै निक्षेपकर्ता र स्टेकहोल्डरहरूको बैंकसँगको विश्वासको सूचक पनि हो । उहाँहरूको विश्वासले नै बैंकले सेवा दिइरहेको छ, त्यसैलाई लिएर हामी हिँडिरहेका छौँ ।

काठमाडौंमा तपाईं ग्राहकहरूको व्यवसाय सफल बनाउने सोचका साथ हामी आएका छौँ । हामी यहाँ एउटा उचाइमा पुग्छौँ भन्ने विश्वास लिएर आएका छौँ । यहाँहरूसँग हामी विन–विन बेसमा अगाडि जान सक्छौँ । साइन रेसुंगा बैंकको स्लोगन नै ‘साइन अर योर साइनिङ लाइफ’ छ । यसअनुसार सबै स्टेकहोल्डरको जीवनमा एउटा चम्किलो प्रतिविम्ब जसरी दिन सकिन्छ, हामी त्यसैतर्फ लक्षित छौँ ।

(काठमाडौंमा शाखा उद्घाटन कार्यक्रममा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]