Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Ad
बिचार

‘ग्रामीण जनजीवनलाई केन्द्रीय वित्तप्रणालीमा जोड्न राजधानी प्रवेश गरेका हौँ’

२०७७ चैत्र २७ गते

स्थानेश्वर पौडेल
अध्यक्ष
शाइन रेसुंगा डेभलपमेन्ट बैंक

शाइन रेसुंगा डेभलपमेन्ट बैंक आज ८० शाखासहित देशभर विस्तार भएको छ । ११ फागुन २०६३ मा बुटवलमा केन्द्रीय कार्यालयको शुभारम्भ भएको ठिक सय दिनपछि अर्घाखाँचीमा दोस्रो शाखा उद्घाटन भएको थियो । स्थापनाको १४ वर्षपछि राजधानी काठमाडौं प्रवेश गर्दा हामी ८०औँ शाखामार्फत सेवा दिँदै छौँ । त्यो दिन र आजको दिनलाई हेर्दा बैंकको गन्तव्यले एउटा उचाइ लिएको छ । यसको नेटवर्क राष्ट्रियस्तरमा पुगेको छ ।

एउटा शाखाबाट ८० वटामा आइपुग्दा पक्कै पनि यसको सञ्चालक समिति, म्यानेजमेन्ट टिम, यसको प्रमुख कार्यकारी अधिकृत, सेयरधनीलगायत सम्पूर्ण स्टेकहोल्डरको माया–ममता, साथ र सहयोग महत्त्वपूर्ण सावित भएको छ । यो सफलतामा बैंकको एचआर टिमको संघर्ष निकै महत्त्वपूर्ण छ, यही संघर्षको परिणामस्वरूप हामी सफलताउन्मुख हुँदै यहाँसम्म आइपुगेका छौँ ।

हामी नेपाल सरकारको समृद्धिको नारासँगै अगाडि बढ्दै छौँ । राज्यघोषित समृद्धिको यात्रालाई वित्तीय क्षेत्रबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने सोचका साथ हामीले आफ्ना गतिविधि अगाडि बढाउँदै आएका छौँ ।

हाम्रो शाखासञ्जाल सहरी क्षेत्रमा झन्डै १५ प्रतिशत मात्र छ । अर्धसहरी क्षेत्रमा २५ प्रतिशत र ग्रामीण क्षेत्रमा ६० प्रतिशत छ । नेपालको समृद्धिका लागि ग्रामीण क्षेत्र तथा जनजीवनलाई वित्तीय क्षेत्रसँग जोड्नु वा आबद्ध गराउनु जरुरी छ । यसका लागि ग्रामीण क्षेत्रमा चेतना अभिवृद्धि गर्नु आवश्यक छ भन्ने हिसाबले हामी ग्रामीणमुखी बैंकिङलाई महत्त्व दिँदै अगाडि बढिरहेका थियौँ । तर, आज यहाँसम्म आउँदा ग्रामीण जनजीवनलाई पनि केन्द्रीय वित्त–प्रणालीसँग जोड्नुपर्छ भन्ने तथ्यबोधका साथ अहिले हामीले एकैपटक काठमाडौंका पाँच स्थानमा शाखा विस्तार गरेका छौँ ।
हाम्रा चार लाखभन्दा बढी ग्राहक हुनुहुन्छ । उहाँहरूले
सधैँ काठमाडौंमा साइन रेसुंगाको शाखा कहाँ छ भनेर सोधिरहनुहुन्थ्यो । त्यसलाई आउटलेट दिनु हाम्रो जिम्मेवारी र आवश्यकता दुवै थियो । ती आवश्यकतासँगै ग्रामीण जनजीवनलाई केन्द्रीय वित्तीय प्रणालीसित जोड्दै नेपालको समृद्धिको सपना पूरा गर्न पनि राजधानीमा हाम्रो उपस्थिति आवश्यक छ भन्ने महसुस गरी हामी काठमाडौं प्रवेश गरेका हौँ ।

नेपाल राष्ट्र बैंकको पनि सामाजिक उत्तरदायित्वको फन्ड छुट्याएर अगाडि बढ्ने केन्द्रीय नीति छ, जसअनुसार हाम्रो बैंक अगाडि बढेकै छ । त्यसलाई पछ्याउनेक्रममा हामीले भर्खरै १२औँ वार्षिकोत्सवका अवसरमा समाजलाई कसरी सहयोग गर्न र सेवा दिन सकिन्छ भन्ने सोचका साथ कार्यक्रम बनाएका छौँ । हामीले १२ वटा विद्यालयमा १२ वटै डिजिटल क्लासरुम तयार गर्ने लक्ष्य निर्धारण गरी काम अघि बढाएका छौँ । जुन क्षेत्रका विद्यालयमा डिजिटलाइजेसन हुन सकेको छैन, त्यस्तो क्षेत्रका विद्यालय पहिचान गरी कक्षाकोठालाई डिजिटलाइज्ड गर्ने कार्यक्रम छ । देश डिजिटलाइजेसनमा प्रवेश गरिसकेको छ, हाम्रो बैंकले पनि यसको अभ्यास गरिसकेको छ । अब विद्यार्थीले पनि विद्यालयबाट डिजिटल कन्सेप्ट लिएर आउनुपर्छ भन्ने हाम्रो सोच छ । डिजिटल पहुँच नभएका क्षेत्रमा हाम्रो यो सोचले पनि केही योगदान गर्छ भन्ने अठोट लिएर हामी अगाडि बढेका छौँ । त्यसैगरी, हामीले १२ हजार रुख रोपेका छौँ । नेपालको हरियालीमा योगदान पु¥याउनु मानवताप्रतिको हाम्रो सकारात्मक सोच हो । यसले जलवायु परिवर्तन रोक्न सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ ।

स्थापनाको १४ वर्षमा काठमाडौं आइपुग्दा शाइन रेसुंगा बैंकले एउटा मूल चक्रका चरणहरू पर ग¥यो । हाम्रो व्यवस्थापकीय टिमले त्यसका अनुभवहरू सँगालेको छ । आज हाम्रो टिम उही छ, स्पिरिट पनि उही छ । मन्दीको चरणदेखि कोभिडलाई किनारा लगाउँदै काठमाडौं आएको हाम्रो बैंक पक्कै पनि यो काठमाडौंको तीव्र प्रतिस्पर्धामा खरो उत्रन सक्छ भन्ने विश्वास हामीलाई छ । यो टिमले हामीलाई अपेक्षित उचाइमा पु¥याउन सक्छ भन्ने विश्वासका साथ हामी काठमाडौं आएका छौँ ।
हाम्रो बेस रेट ७ दशमलव ४११ आइपुगेको छ । यो भनेको हाम्रा सबै निक्षेपकर्ता र स्टेकहोल्डरहरूको बैंकसँगको विश्वासको सूचक पनि हो । उहाँहरूको विश्वासले नै बैंकले सेवा दिइरहेको छ, त्यसैलाई लिएर हामी हिँडिरहेका छौँ ।

काठमाडौंमा तपाईं ग्राहकहरूको व्यवसाय सफल बनाउने सोचका साथ हामी आएका छौँ । हामी यहाँ एउटा उचाइमा पुग्छौँ भन्ने विश्वास लिएर आएका छौँ । यहाँहरूसँग हामी विन–विन बेसमा अगाडि जान सक्छौँ । साइन रेसुंगा बैंकको स्लोगन नै ‘साइन अर योर साइनिङ लाइफ’ छ । यसअनुसार सबै स्टेकहोल्डरको जीवनमा एउटा चम्किलो प्रतिविम्ब जसरी दिन सकिन्छ, हामी त्यसैतर्फ लक्षित छौँ ।

(काठमाडौंमा शाखा उद्घाटन कार्यक्रममा व्यक्त विचारमा आधारित)