May 9th, 2020

बैंकिङ क्षेत्र कर्मचारी कटौतीको तयारीमा

बैंकिङ खबर एकतिहाई कर्मचारीबाट बैंकिङ क्षेत्र सुचारु गर्न राष्ट्र बैंकले निर्देशन दिएसँगै बैंकहरु कर्मचारी कटौतीको तयारीमा लागेका छन् । कसरी कति कर्मचारी हटाउने भन्नेबारे निर्णय भने भइसकेको छैन । बैंक वित्तका सबैजसो शाखा संचालनमा आउँदा कर्मचारी भने एकतिहाई मात्रै परिचालन हुने छन् । यसो हुँदा बैंकवित्तले कर्मचारीलाई परिचालन नगरी नै सेवा सुविधा दिनुपर्ने अबस्था देखिएको छ । कोरोना सक्रमणको सावधानीका लागि पनि बैंक वित्तले पुरा कर्मचारी परिचालन लामै समयसम्म गर्न नसक्ने अबस्था छ । त्यससँगै अधिकाँस कामहरु डिजिटलाइजेशन भएका छन् । यसले गर्दा पनि बैंकवित्तहरु कर्मचारी कटोटी गर्नेबारे छलफल सुरु गर्न थालेका छन् । एक बैंकरका अनुसार डिजिटलाइजेसन र आर्थिक मन्दीका कारण करिव ५० प्रतिशत बैंकमा कार्यरत कर्मचारी परिचालन आबश्यक देखिएको छैन । कर्मचारी कटौटी कुन आधारबाट कति गर्ने भन्नेबारे बैंकहरु पर्ख र हेर को अबस्थामा छन् । बैंकहरु करारमा नियुक्ति भएका तथा बाहीरी आउटसोर्सबाट लइएका कर्मचारी मात्रै कटौती गर्ने कि अन्य कर्मचारी पनि कटौती गर्ने भन्ने निश्कर्षमा पुगीसकेका छैनन् । तर यस अघि नै बैंकहरुले आउटसोर्सबाट राखिएका र करारमा ल्याइएका कर्मचारी हटाउने निर्णय गरिसकेका छन् ।

एकतिहाई कर्मचारीबाट कामकार्बाही

बैंकवित्तहरुले पूर्ण रुपमा सबै शाखाबाट सेवा सूचारु गरीरहँदा सेवाग्राहीका बारे भने सरकारी निकाय मौन देखिएको छ । सेवाग्राहीलाई निर्वादपूर्ण बैंक शाखासम्म पुग्ने अबस्था छैन । बैंकमा कर्जा र व्यवसायीक प्रयोजनबाट सेवाग्राहीहरु जाने आबश्यक्तता कम छ । व्यापार व्यबसाय र उद्योगहरु ठप्प छन् । तथापी केही निर्धारीत क्षेत्रहरु सुचारु गर्ने निर्णय भएसँगै लकडाउन खुकुलो भएको छ । शुक्रबारबाट सुरु भएको यो अभ्यास आइतबार थप बृद्धि हुने छ । असार महिना अघि बैंकमा सेवा ग्राहीको संख्या खासै देखिने छैन । मासिक किस्ता, व्याज भुक्तानी र सुाँबा भुक्तानीको समय असार मसान्तसम्म सारीएको छ । तथापी अबस्था के हुने भन्नेबारे यकिन गर्ने आधारहरु खासै देखिँदैन ।

अरु खर्च उस्तै, सेनेटाइजरमा खर्च बढ्ने

बैंकवित्तहरुलाई कम कर्मचारीबाट काम गर्नुपर्ने बाध्यताले प्रशाशनिक संचालनमा केही समस्या सृजना गर्ने भएको छ । बैंक वित्तले एकतिहाई कर्मचारी मात्रै परिचालन गर्न पाउने छन् भने २५ प्रतिशत सवारी साधनले मात्रै संचालन अनुमति पाउनेछन् । शाखा एक तिहाइ कर्मचारीले मात्र खोल्नुपर्ने हुन्छ । सरकारले बैंक तथा वित्तीय संस्था खोल्ने निर्णय गरेसँगै आइतबारबाट बैंवित्तले सबैजसो कामहरु संचालन गर्नेछन् । तर सवारी साधन र कर्मचारी भने अति कम परिचालन गर्नुपर्ने छ । राष्ट्र बैंकले सूचना मार्फत नै एक तिहाइ कर्मचारीले मात्र कार्यालय संचालन गर्नुपर्ने बताइसकेको छ । सवारीसाधनका बारे बैंकले सवारी नम्बर र सवारी उपभोग गर्नेको नाम तथा समय र ठाउँ खुलाएर पत्र बनाउनुपर्ने छ । सोही पत्रको आधारमा सवारी साधन र कर्मचारीको आवागमन हुने छ । कोरोना संक्रमणबाट जोगिनका लागि माक्स, सेनिटाइजर तथा आवश्यक अन्य सुरक्षाको प्रवन्ध बैंकले गर्नुपर्ने छ । यी सुरक्षाका सामग्री बैंकको प्रशाशनिक खर्चमा जोडीने छ । लगातारको लकडाउन र संक्रमणबाट जोगिनका लागि आवश्यक सुरक्षा सामग्रीको बन्दोबस्त बैंकले गर्दा बेंकको प्रशाशनिक खर्च बढ्ने नै छ । एटीएम मेसीनदेखि बैंकका हरेक शाखासम्म सेनिटाइजर उपलव्ध गराउनुपर्ने छ । बैंकवित्तहरुले आफ्नै कार्यालयमा यो खर्च बढाउँदै गर्दा सम्पूर्ण कर्मचारी परिचालन गर्न नसकेपनि उनीहरुको सेवा सुविधा यथावत राख्नुपर्ने छ । जसले गर्दा तलव र प्रशाशनिक अन्य खर्च कटौटी हुने अबस्था छैन ।

अब अधिकाँस शाखा संचालनमा

अब बैंकका सबै शाखा कार्यालयहरु खुला हुने छन् । सरकारले लकडाउनकै बिच पनि उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले सबै शाखा कार्याल्य खोलेर सेवा दिने छन् । शुक्रबारबाटै गरिएको यो प्रयास आइतबारबाट बढी लागु हुने छ । यसअघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । अब भने सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार सबै ठाउँका शाखा कार्याल्यहरु खोल्न सबै बैंकहरुलाई सूचना भइसकेको छ । केहि साह्रै समस्यामा परेका शाखाहरुबाहेक अन्य खुला हुने छन् । मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।

सेवा ग्राही आउलान् ?

बैंक तथा वित्तीय क्षेत्रका अधिकाँस शाखा अब खुल्ने छन् । शाखा खुल्दै गर्दा केही मानिसहरु रकम झिक्न र चेक साट्न जाने छन् । सरकारले ४४ किसिमका व्यबसाय संचालन गर्ने निर्णय गरेपछि ती व्यबसायसँग जोडिएका कार्यालयहरुको चेक साट्ने र जम्मा गर्ने काम हुने छन् । यति कामका लागि मात्रै के बैंक वित्तका सबै शाखा खोल्न आबश्यक छ ? एउटा प्रश्न भने उठीरहेको छ । यसबारेमा बैंकहरुले सरकारको निर्णय मान्नु पर्ने दायत्वि मात्रै देखिन्छ । सुरक्षाकर्मीले ठाउँठाउँमा चेक गरेर मानिसलाई फर्काउने गरेको छ । यस्तो बेला सन्त्रासका बाबजुत बैंक पुग्नेहरुको संख्या धेरै हुने छैन । अहिले लोनको काम भएको छैन । पुँजी परिचालनका कामहरु ठप्प प्राय छन् । कर्जा, साँवा र किस्ता भुक्तानीको म्याद असार मसान्तसम्म सारिएको छ । बैंक खुल्ने तर बैंकसम्म जान नपाउने अबस्था भने ज्यूका त्यू छ । हिडडुलमा कडाई गरिँदा खुलेका निकायले दिने सेवा कत्तिको प्रभावकारी हुन सक्लान् ?

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]