August 13th, 2019

स्वावलम्बी बन्न सके मुलुक आत्मनिर्भर हुन्छ–मन्त्री अर्याल

बैंकिङ खबर । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पार्न हरेक नेपाली स्वावलम्बी हुनुपर्ने बताएका छन् । स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा लघु उद्यमशीलता विकास पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले स्वावलम्बी संस्कारले मूलक आत्मनिर्भर हुने बताए । लघुवित्त कार्यक्रम महिलालाई स्वावलम्बी बनाउने अभियानमा जुटेको कारण उनीहरुको आर्थिक सामाजिक अवस्थामा स्तरोन्नतीका लागि उनीहरुलाई लघुउद्यम बनाउन समेत लघुवित्तले मार्गप्रशस्त गरेको उनले बताए ।

केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले केन्द्रले विगत अठ्ठाइस बर्षदेखि न्यून आय भएका वर्गलाई स्थानीय श्रोत र साधनको प्रयोगको माध्यमबाट आर्थिक अबस्थामा सुधार गर्न विभिन्न उद्यमशीलता विकास कार्यक्रम कार्यान्वयन गर्दै आएको र हाल लघुवित्त संस्थाको सवलीकरणका लागि कार्यरत रहेको बताए । हाल लघुवित्तमा देखिएका विचलनहरुलाई न्यूनिकरण गर्न सबै लघुवित्त संस्थाहरु अगाडी बढ्नुपर्ने उनको भनाई थियो ।

केन्द्रले प्रदान गर्ने लघुउद्यमशीलता विकास पुरस्कारबाट यस वर्ष काभ्रे जिल्ला स्थित मानुषी लघुवित्त वित्तीय संस्था एक लाख नगद सहित पुरस्कृत भयो । समारोहका प्रमुख अतिथि तथा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री अर्यालले उक्त पुरस्कार संस्थाका अध्यक्षलाई हस्तान्तरण गरे । सो अवसरमा दोश्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनमा योगदान पुर्याए वापत विभिन्न संस्थाहरुलाई सम्मान गरिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]