August 11th, 2019

स्वदेशी लघुवित्तका ३० जना फिल्ड कर्मचारीले पाए दुई दिने तालिम

बैंकिङ खबर । स्वदेशी लघुुवित्त वित्तीय संस्था लिमिटेडले प्रदेश न.१ अन्तरगतका १६वटा शाखामा कार्यरत ३० जना फिल्ड कर्मचारीको लागि दुई दिने फिल्ड व्यवस्थापन आवाशिय तालिम सम्पन्न गरेको छ ।

फिल्ड कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्दै संस्थाले तय गरेको लक्ष्य प्राप्त गर्न कर्मचारीको क्षमता अभिवृद्घि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा केन्द्रीय कार्यलयका विभिन्न विभागिय प्रमुखहरुले कर्जा लगानी तथा असुली व्यवस्थापन, लक्ष्य तथा प्रगती हासिल गर्ने तरिका फिल्ड कर्मचारीको दायित्व र भुमिका, लेखा तथा कार्यलय व्यवस्थापन, वित्तिय साक्षरता आदि बिषयहरुमा जानकारी दिएका थिए ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाँईले आआफ्नो कार्यक्षेत्रमा पुर्ण लगनशिल भई कार्य गर्न सहभागिलाई हौसला प्रदान गरेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]