पाँच शाखासहित उच्च आत्मविश्वास लिएर शाइन रेसुंगा बैंक काठमाडौंमा

बैंकिङ खबर/  बुटवलमा केन्द्रीय कार्यालय भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले काठमाडौंमा एकैपटक पाँचवटा नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकका अध्यक्ष स्थानेश्वर पौडेलले राजधानीमा स्थापित नयाँ शाखाहरूको आइतबार साँझ बानेश्वरको एभरेस्ट होटेलमा आयोजित समारोहका बीच औपचारिक उद्घाटन गरे । बैंकले आक्रामक शैलीमा नयाँबानेश्वर, कलंकी, न्युरोड, गोंगबु र महाराजगन्जमा शाखा सञ्चालनमा ल्याएको हो । योसँगै […]


मर्जरले हल्लिएको बैंकिङ क्षेत्र : मै हुँ भन्नेलाई पनि साख जोगाउन मुस्किल

बैंकिङ खबर/  केही वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा ‘मर्जर’ र ‘एक्विजिसन’ शब्द चर्चा र जनचासोको केन्द्रमा छन् । शाखासञ्जाल, व्यापार र आन्तरिक सुदृढीकरणका हिसाबले करिब–करिब बराबरी सामर्थ्यका दुई वित्तीय संस्थाबीचको एकीकरण ‘मर्जर’ हो । सामान्यतया ठूलो संस्थाले सानो वा आकारले ठूलो भईकन पनि सामर्थ्यले कमजोर संस्थालाई किन्नु वा आफूमा मिलाउनुलाई ‘एक्विजिसन’ को संज्ञा दिने गरिएको छ […]


बैंकिङ युगमाथि चुनौती दिँदै : क्रिप्टोकरेन्सी

बैंकिङ खबर –‘क्रिप्टोकरेन्सी’ शब्द दुईवटा अंग्रेजी शब्द मिलेर बनेको छ – ‘क्रिप्टो’ अर्थात् गुप्त र ‘करेन्सी’ अर्थात् मुद्रा । सामान्य अर्थमा क्रिप्टोकरेन्सी गुप्त मुद्रा हो । यो इन्टरनेटमा चल्ने एक ‘भर्चुअल’ मुद्रा हो । यो एउटा त्यस्तो मुद्रा हो जुन कम्प्युटर एल्गोरिदममा निर्मित हुन्छ । यो एक स्वतन्त्र मुद्रा हो जसका कुनै मालिक छैनन् र […]


एक सातामै ३.३९ बाट १.३८ प्रतिशतमा झर्‍यो अन्तरबैंक ब्याजदर

बैंकिङ खबर/  गत सातासम्म निरन्तर बढिरहेको अन्तरबैंक कारोबारको ब्याजदर घटेको छ । अघिल्लो साता अस्वाभाविक उचाइमा रहेको अन्तरबैंक ब्याजदर यो साता ह्वात्तै घटेको हो । अघिल्लो साता ३.३९ प्रतिशत रहेको यस्तो ब्याजदरमा उच्च गिरावट आई यो साता १.३८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा तरलता थपिँदै गएपछि एक सातामै अन्तरबैंक ब्याजदर २.०१ […]


राष्ट्रिय वाणिज्य बैंक र संघीय संसद सचिवालयबीच सम्झौता

बैंकिङ खबर/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ । उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि […]


नेपाल फाइनान्सको पाँचौँ शाखा गैँडाकोटमा

बैंकिङ खबर/  नेपाल फाइनान्सले नवलपरासीको गैँडाकोटमा शाखा विस्तार गरेको छ । काठमाडौं महानगरपालिका–२८ मा केन्द्रीय कार्यालय रहेको फाइनान्सले गैँडाकोट नगरपालिका–४, गैँडाकोट बजारमा स्थापित नयाँ शाखाको बुधबार उद्घाटन गरेको हो । नेपाल फाइनान्स सञ्चालक समितिका अध्यक्ष प्रा. हिरेन्द्रमान प्रधानले नयाँ शाखाको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालकहरु चन्द्रकुमार राई, दिप्रश शाक्य, राजन प्रजापती, प्रमुख कार्यकारी […]


लगानी गर्न रेडी हो ? डिसहोमसहित १३ कम्पनीको आइपिओ आउँदै

बैंकिङ खबर । निकट भविष्यमै प्राथमिक बजारमा १३ कम्पनीका करिब ४ करोड ५६ लाख कित्ता आइपिओ निष्कासन हुँदै छ । यसमध्ये सर्वसाधारणको प्रमुख रोजाइमा पर्ने गरेका लघुवित्त कम्पनी २ वटा छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ८९ हजार कित्ता आइपिओ जारी गर्न आवश्यक तयारी गरिरहेको छ । त्यस्तै, जीवन विकास लघुवित्त […]


क्युआर कोडमार्फत भुक्तानी गर्नेको संख्या बढ्दो, माघमा एक अर्ब ७१ करोडको कारोवार

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले पछिल्लो समय डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्युआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको संख्या बढेको छ । गत महीनासम्म न्यूनमात्रामा क्युआर कोडमार्फत भुक्तानी हुने गरेकामा माघमा रु ५० करोड बढीको कारोवार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत पुस महीनाको तुलनामा माघमा मात्र […]


व्यापार घाटाको कथा : भारत र चीनको काँधमा नेपाली अर्थतन्त्र

बैंकिङ खबर/  चालु आर्थिक वर्षको सात महिनामा व्यापार घाटा थोरै मात्र घटेको देखिएको छ । माघ मसान्तसम्म कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा कुल वस्तु व्यापार घाटा ७ खर्ब ३३ अर्ब ७३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको […]


सात महिनामा पाँच खर्ब ६७ अर्ब ७० करोड विप्रेषण भित्रियो

बैंकिङ खबर/सात महिनाको अवधिमा विप्रेषण आप्रवाह ११ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार चालू आवको सात महिनामा कूल रु पाँच खर्ब ६७ अर्ब ७० करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह […]