३ प्रतिशत तल झर्यो अन्तरबैंक ब्याजदर

बैंकिङ खबर/ बैंकिङ प्रणालीमा दैनिकजसो निक्षेप थपिने क्रम जारी नै रहेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६१ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ। यो गत फागुन १४ गतेको तथ्यांक हो। बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप फागुन १३ गतेसम्म ६१ खर्ब ५६ अर्ब रुपैयाँ रहेको थियो। फागुन १४ […]


नेपाल राष्ट्र बैंकले पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको १४ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंकमा एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेपमा राख्ने भएको हो । कूल निक्षेप मध्ये ११ करोड २० लाख रुपैयाँ वाणिज्य बैंकमा, २ करोड १० लाख विकास बैंक […]


राज्यको धरपकडले बैंकिङ क्षेत्र आतंकितः बैंकिङ संगठन

बैंकिङ खबर/बैंकरहरुले राज्यको धरपकले बैंकिङ क्षेत्र आतंकित बनेको बताएका छन् । बुधबार वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स संघसहित डेभलमेन्ट बैंकर्स संघ, फाइनान्स कम्पनी एसोसिएसन र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा भइरहेको धरपकड एवम् पक्राउले समस्त बैंकिङ क्षेत्र नै चिन्तित र आतंकित बनेको बताएका हुन् । यसबाट […]


नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २४ करोड रुपैयाँ र उपदान तथा पेन्सन कोषमा रहेको १४ करोड गरी कुल ३८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ। राष्ट्र बैंकले यो रकम […]


पक्राउ परेकालाई रिहा नगरे सबै बैंकरले पेन डाउन गर्ने

बैंकिङ खबर/तत्कालीन सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीईओ तुलसी गौतम, प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओसहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समातेको विषयमा नेपाल बैंकर संघले छलफल गरेको छ। पक्राउ परेका बैंकमा कर्मचारीलाई रिहा नगरे पेन डाउन गरिने छलफल भएको हो। आजको छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा […]


विना धितो ५ लाख भन्दा बढी ऋण नदिन लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरूलाई विना धितो ५ लाख भन्दा बढी ऋण नदिन निर्देशन गरेको छ । विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विना धितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा ५ लाख रुपैयाँसम्म मात्र लघु कर्जा दिन बैंकले भनेको हो । विगत दुई […]


अधिक तरलता भएपछि बैंकहरुले एकैदिन राष्ट्र बैंकमा राखे एक खर्ब निक्षेप

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि बैंकहरुले एकैदिन करिब एक खर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका छन्। लगानी योग्य रकम थुप्रिएपछि बैंकहरुले ३ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राखेका हुन्। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फागुन १३ गते बैंक तथा वित्तीय संस्थाले ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका […]


१५ प्रतिशतभन्दा कम ब्याजदरमा विनाधितो ५ लाख रुपैयाँसम्म कर्जा दिन लघुवित्तलाई राष्ट्र बैंकको निर्देशन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिले विनाधितो सामूहिक जमानीमा बढीमा ५ लाख रुपैयाँसम्म लघुकर्जा दिन निर्देशन गरेको छ। बैंकबाट इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाका ग्राहकको वित्तीय जोखिम न्यूनीकरण गर्न यस्तो निर्देशन दिइएको हो। यस्तै विगत दुई वर्षदेखि असल वर्गमा पर्दै आएका समूह सदस्यको हकमा ७ लाखसम्मको लघुकर्जा दिन निर्देश गरेकको […]


लघुवित्तका ग्राहकको वित्तीय जोखिम न्यूनीकरणमा राष्ट्र बैंकको ध्यान, के-के छन् नीतिगत व्यवस्था ?

बैंकिङ खबर/ लघुवित्तका ग्राहकको वित्तीय जोखिम न्यूनीकरण गर्न र साना ग्राहकको हित संरक्षणका लागि नेपाल राष्ट्र बैंकको ध्यान केन्द्रित गरेको छ । यसका लागि राष्ट्र बैंकले विभिन्न नियामकीय व्यवस्था पनि ल्याएको छ। केन्द्रीय बैंकले विपन्न तथा न्यून आय भएका व्यक्तिलाई विनाधितो केवल सामूहिक जमानीमा लघुउद्यम वा व्यवसाय सञ्चालन गर्नका लागि प्रयोजन खुलाई प्रतिसमूह सदस्य बढीमा […]


बैंकमा कर्जा लगानी बढ्न नसक्दा निक्षेप थुप्रिँदै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार फागुन १० गते बिहीबारको तथ्याङ्क अनुसार बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा रहेको छ । बुधबार ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहीबार एकै दिनमा ५ अर्ब रुपैयाँले वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्मसम्म कुल कर्जा प्रवाह रकम भने २ अर्बले घटेर ५० […]