जीवन तथा निर्जीवन बीमा कम्पनीले अब कुल लगानीको १५ प्रतिशतसम्म सेयरमा लगानी गर्न पाउने

बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणले जीवन बीमक तथा निर्जीवन बीमकको लगानी निर्देशनमा दोस्रो संशोधन गर्दै ती कम्पनीको लगानीको दायरा विस्तार गरिदिएको छ । नयाँ व्यवस्थाबमोजिम अब ती कम्पनीले सेयरमा गरिने लगानीको सीमा पाँच प्रतिशतबाट बढाएर १५ प्रतिशत बनाइएको छ । यसैगरी त्यस्ता कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति पाएका प्राइभेट इक्विटी […]


कोशी प्रदेशको औद्योगिक क्षेत्रमा बैंक वित्तीय संस्थाले गरे १ खर्ब २९ अर्ब कर्जा प्रवाह

बैंकिङ खबर/ कोशी प्रदेशको औद्योगिक क्षेत्रमा बैंक वित्तीय संस्थाले १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार कोशी प्रदेशको गैर खाद्यबस्तु र कृषि, बन तथा पेय पदार्थ उत्पादन क्षेत्रमा बैंक वित्तीय संस्थाले २०७९र८० असार मसान्तसम्ममा १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका हुन् । त्यसैगरी, कोशी प्रदेशको कृषि क्षेत्रमा […]


के संगठनप्रति सकारात्मक व्यवहारले कर्मचारीको निराशा कम गर्दछ ?

कृष्ण बाबु घिमिरे हिजोआज आफूले काम गर्ने संगठनप्रति अधिकांश खुसी भएको खासै सुन्न पाइँदैन । सामाजिक सञ्जालमा मुख्यतया बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरुले आफ्नो संस्थाप्रति वितृष्णा भएको कुरा सेयर गरिरहेको पाइन्छ । हुन त आफूले काम गर्ने संगठनप्रति कोही पनि खुसी हुँदैनन् । उनीहरु अरुको कामप्रति भने सकारात्मक भएको महसुस गर्दछन् । आफ्नो […]


प्रभु इन्स्योरेन्सको सीईओमा पुन : सन्चित बज्राचार्य नियुक्त

  बैंकिङ खबर/ प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुनः सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । कम्पनीको ४३० औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरि चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो । बीमा ऐन २०७९ को दफा ५७ […]


जीवन बीमा कम्पनीले ४ प्रतिशतले बढाए व्यवसाय

बैंकिङ खबर/जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष मंसिर मसान्तसम्म ६१ अर्ब ७५ करोड रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरसम्म १४ जीवन र तीन लघु जीवन बीमा कम्पनीले ६१ अर्ब ७५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन्। यो प्रिमियम रकम पोहोर ५ महिनाको तुलनामा ३.७५ प्रतिशत बढी हो। गत आर्थिक वर्ष मंसिरसम्म […]


धितोपत्र बोर्डमा हमालको कार्यकाल सकियो, अब प्रतिस्पर्धाबाट नयाँ अध्यक्ष

बैंकिङ खबर/ धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको कार्यकाल आज (शुक्रबार) देखि सकिएको छ। यसअघिका अध्यक्ष भिष्मप्रसाद ढुंगानाले विवादमा परेर राजीनामा दिएपछि सरकारले हमाललाई नियुक्त गरेको थियो। हमालले २१ महिना धितोपत्र बोर्डमा बिताए। आजदेखि उनको कार्यकाल पूर्ण रुपले समाप्त भएको हो। अब बोर्डको अध्यक्ष सरकारले प्रतिस्पर्धाबाट छनोट गर्ने छ। यदि सरकारले चाहेको भए हामलको कार्यकाल ६ […]


२ अर्ब ४४ करोड मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको २ अर्ब ४४ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो उपदान पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंकका साथै राष्ट्रिय स्तरमा विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने भएको छ । वाणिज्य बैंकमा १ अर्ब ९५ करोड २० लाख रुपैयाँ, विकास बैंकमा […]


भारतीय एक्जिम बैंकले ऋण दिँदा राखेका सर्तहरु पुनरवलोकन हुने

बैंकिङ खबर/भारतीय एक्जिम बैंकले ऋण दिँदा राखेका सर्तहरु पुनरवलोकन हुने भएको छ। नेपालले पूर्वाधार निर्माणमा ऋण सहयोग गर्दा राखेका सर्त पुनरवलोकनको माग गर्दै आएकोमा संशोधन गर्न भारत तयार भएको हो। भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा एक दर्जन बढी आयोजना सञ्चालनमा छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक्जिम बैंकको ऋण सर्तले आयोजनाको निर्माणमा ढिलाइ भइरहेको […]


गुडविल फाइनान्सको सीइओमा पुनः तुलाधर

बैंकिङ खबर/गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको सञ्चालक समितिको ४१४ औं बैठकले तुलाधरलाई दोस्रो कार्यकालका लागि आगामी ४ वर्षको लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव स्वयम्भू शाक्यले जानकारी दिए । कम्पनीका अनुसार तुलाधरलाई२०८० माघ २ गतेदेखि लागू हुने गरि ४ […]


प्रिमियम वापतको शुल्क रिजर्भमा राख्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई आईपीओ जारी गर्दा प्रिमियम मार्फत लिएको रकम जगेडा कोष (रिजर्भ)मा राख्न निर्देशन दिएको छ । प्राधिकरणले प्रिमियममा आईपीओ जारी गर्ने बीमा कम्पनीहरुलाई पत्र काट्दै प्रिमियमबापत संकलित रकम जगेडा कोषमा राख्न निर्देशन दिएको हो । पछिल्लो समय संसदको सार्वजनिक लेखा समितिले बीमा कम्पनीले प्रमियम मुल्यमा आईपीओ जारी गर्न नपाउने […]