कुनै पनि बैंकको एटीएम कार्डले जुनसुकै बैंकबाट पैसा झिक्न सकिने

बैंकिङ खबर । नेप्सको नेटवर्कमा बैंकको एकअर्काको एटीएमबाट पैसा निकाल्न मिल्ने भएको छ । चिनियाँ ह्याकरहरुले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) को सिस्टम ह्याक गरी विभिन्न बैंकको साढे ३ करोड रुपैयाँ चोरी भएपछि एक बैंकका कार्ड अर्को बैंकमा चल्न बन्द भएका थिए । 
नेप्समा १८ वटा बैंक आवद्ध छन् । गत भदौ १४ गतेदेखि आफ्नै बैंकको एटीएमबाट मात्रै पैसा निकाल्न सकिने भएको थियो, अब भने एक बैंकको कार्ड अर्को बैंकमा चल्न थालेको छ ।  प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमइ, सनराइज, एनबी, जनता, सिटिजन, बैंक अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैंकहरु नेप्समा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.