February 10th, 2019

मिर्मिरे लघुवित्तको समिक्षा गोष्ठी तथा शाखा व्यवस्थापन तालिम सम्पन्न

बैंकिङ खबर। मिर्मिरे लघुवित्त वित्तिय संस्थाले शाखा प्रवन्धकस्तरीय दोस्रो त्रैमासिक समिक्षा गोष्ठी हेटौडामा सम्पन्न भएको जनाएको छ । गोष्ठीमा क्षेत्रीय कार्यालय बनेपा अन्तर्गतका पच्चीस वटा शाखाका शाखा प्रवन्धकहरुको उपस्थिती रहेको थियो । 

दुई दिन सम्म संचालन भएको गोष्ठीले आगामी कार्ययोजना समेत निर्माण गर्दै शाखा व्यवस्थापन र संचालन सम्बन्धि शाखा प्रबन्धकहरुलाई प्रशिक्षण दिएको थियो । आगामी दिनहरुमा लघुवित्त क्षेत्रमा आउनुसक्ने जोखिम र चुनौतीहरुको न्यूनिकरण र समाधानका लागि तयार रहन कार्यकारी प्रमुख बिर्ख बहादुर बोहराले निर्देशन दिएका छन्। 

प्रभावकारी कार्यसञ्चालन र कार्यविस्तार, जोखिम व्यवस्थापन, कर्जा व्यवस्थापन, निष्कृय कर्जा असुली सम्बन्धमा सहायक प्रबन्धक बिष्णु प्रसाद सुवेदी लगायत स्वयम्भू श्रेष्ठ र रमेश घिमिरेले प्रशिक्षण दिएका थिए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]