January 13th, 2019

लघुवित्तको कर्जाबाट उद्यमी बन्दै हरिकला, आठ जनालाई रोजगारी  

बैंकिङ खबर । जयपृथ्वी नगरपालिका—१०  चैनपूर बझाङ निवासी वर्ष ४२ की हरिकला देवी दमाईले सिलाइ पसल संचालन गरेकी छिन् । हाल उनको ब्यवसायमा दुई जना बाहिरका र छ जना घरका (श्रीमान, छोरा, छोरी गरी) ले आठ वटा सिलाइ मेशिन संचालन गरी रोजगारी प्राप्त गरेका छन् । हाल उक्त ब्यवसायबाट मासिक ३० हजार रुपैयाँ बचत हुने दमाई बताउँछिन् । बचत रकमबाट उनले कैलालीमा एक कठ्ठा जग्गा समेत लिईसकेकी छिन् भने छोराछोरीलाई राम्रोसँग शिक्षा दिक्षा दिएकी छिन् । समय अनूसार नयाँ डिजाइनका सीप सिकी अझै राम्रोसँग ब्यवसाय गर्ने उनको योजना छ ।

बझाङ जिल्ला बाझ गाउँपालिका—३ वगडिको सामान्य कृषि तथा परम्परागत सिलाइ कटाइ गरेर जीवन निर्वाह गरी रहेको परिवारको नवौँ सन्तान हरिकला देवी दमाईको १३ वर्षको उमेरमा बाझ गाउँपालिका—७ कूवाका गोविन्द दमाइसँग मागी विवाह भयो । त्यसपछि सूरु भयो दुःखका दिन । घरमा सुत्नलाई विछ्याउना, खाना पकाउने भाँडा समेत नभएको अवस्था थियो । लामो समयसम्म यही अवस्था रहेपछि उनले हिम्मत गरिन् । 

खान लगाउन समेत समस्या भएपछि चार वटा बच्चा समेत लिएर हाल जयपृथ्वी नगरपालिका—१० चैनपूरमा बझाङमा वि.सं. २०६५ सालमा बसाई सरी आइन् र दूःख सूख सिलाइ पेशा सूरु गरिन् । वि.सं. २०७२ सालमा निर्धन उत्थान बैंक लिमिटेडको बझाङ जिल्ला चैनपूर शाखाको खूल्लामञ्च महिला स्वावलम्वी समुहकी सदस्य आशा कूमारी स्नेही र बैंकका कर्मचारी सूझावमा समुहमा आवद्ध भइन् । बैंकका कर्मचारीहरुले प्रदान गरेको वित्तीय साक्षरताबाट प्रभावित भई उनले बैंकको समुहबाट कर्जा लिइन् र सिलाई मेशिनहरु थप गरी ब्यवसाय विस्तार गर्न सफल भइन् ।
 
आफु पढ्न नपाएको हरिदेवि अझ १० वर्ष यही ब्यवसायमा नयाँ सीपका साथ निरन्तर लागेर केही रकम जम्मा गरी कैलालीमा बस्नलाई सानो घर बनाउने र बच्चाहरुको लागि केही रकम जम्मा गरी उच्च शिक्षासम्म अध्ययन गराउने इच्छा रहेको बताउँछिन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]