January 10th, 2019

कृषिमा दिने सहुलियत र अनुदान अब सहकारीमार्फत 

बैंकिङ खबर । व्यवसायिक कृषिमा पेसामा व्यक्तिलाई दिने सहुलियत एवं अनुदानहरु अब सहकारीमार्फत दिने व्यवस्था गरिने भएको छ । सीधै व्यक्तिलाई दिँदा दुरुपयोग भएको ठहर गर्दै सरकारले अब सहकारीमार्फत अनुदान दिने तयार गर्न लागेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अनुदानप्राप्त उद्यमीहरुबाट उपभोक्ताले राहत पाएको अवस्था नदेखिएकोले सो अनुदान नीति खारेज गरी सहकारीमार्फत उपलब्ध गराउने र त्यस्ता सहकारीहरुले नै कति उपभोक्ताहरु कसरी लाभान्वित भए भन्ने रिपोर्ट सम्बन्धित सरकारलाई बुझाउनुपर्ने व्यवस्था गरिने बताएका छन् । काठमाडौंमा बिहीबारदेखि सुरु भएको सहकारी उद्यम प्रवर्द्धनसम्बन्धी राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै उनले आगामी बजेटदेखि त्यस्तो अनुदानमा व्यापक सुधार ल्याउने तयारी गरिएको बताएका हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]