July 18th, 2018

बैंकहरुमा हेल्पडेक्सको अभाब : सर्वसाधारणलाई सास्ती

बैंकिङ खबर । एकातर्फ दिनानुदिन विभिन्न बैंकका शाखा विस्तारित भइरहँदा अर्कोतर्फ आम सर्वसाधारणले बैंकिङ सुविधा पाउनु त कहाँ हो कहाँ सास्ती पाईरहेका छन् । कतिपय बैंकहरुमा अहिलेसम्म हेल्पडेक्सको अभाब वा कमि रहेको छ । बैंकहरुले यस्ता कुरामा ध्यान नदिएको पाईन्छ । यस्ता कारणले गर्दा आम सर्वसाधारणले विभिन्न खालका कस्ट भोग्नु परेको छ । 

बैंकहरुमा शिक्षित तथा स्वस्थ मानिसहरु मात्र जाँदैनन् । कान नसुन्ने, कोही अन्धा, अशिक्षित, बैंकिङ ज्ञान नभएका मानिसहरु पनि बैंकमा जाने गर्दछन् । वृद्धवृद्धाहरु, असाक्षर व्यक्तिहरु पनि बैंक जान्छन् । मानिसहरु बैंकमा खाता खोल्न, खातामा भएको पैसा झिक्न, चेक बनाउन, विभिन्न बिलहरु भर्पाई गर्न, खाता रिन्यु गर्न र बैंकका बारेमा सोधपुछ गर्न जान्छन् । यस्तो अवस्थामा उनीहरुलाई सहयोगको आवश्यकता पर्दछ । तर, कतिपय बैंकमा फारम भर्न नजान्ने व्यक्तिहरुलाई असहयोग हुने गरेको छ । कुन प्रयोजनका लागि कस्तो फारम भर्ने नजानेर सोध्दा झर्को मान्ने गर्दछन् कतिपय बैंकका कर्मचारी ।

त्यस्तै, कतिपय बैंकमा त ग्राहक बस्नका लागि समेत बेन्चको समेत व्यवस्था हुदैँन । एकजना अशिक्षित महिला बैंकमा खाता खोल्न गइन् भने सुरुमा त उनलाई सोधपुछ कोसँग गर्ने भन्ने कुराको समेत ज्ञान नहुन सक्छ । बल्लबल्ल सोधपुछ गर्ने सम्बन्धित व्यक्ति पत्ता लगाएर पुग्छिन् र खाता खोल्न चाहेको बताउँछिन् । सोधपुछमा भएको कर्मचारीले उनलाई केकति जानकारी छ भन्ने विषयमा नबुझि हातमा फारम थमाएर भर्न लगाउँछिन् । तीन महिलालाई फारममा केके कुरा कहाँ र कसरी भर्ने जानकारी नहुन सक्छ । कर्मचारीको व्यवहारका कारण उनलाई सोध्न पनि अप्ठेरो लागिरहेको हुन सक्छ । यस्तो  अवस्थामा उनलाई पूर्ण रुपमा असर व्यवहमार र सहयोग चाहिन्छ । यस्तै खाले थुप्रै व्यक्तिहरु बैंकमा आउँदा  बैंकका कर्मचारीहरुले ध्यान दिएर सहयोग गर्नुपर्छ । बैंकहरुले पनि यस्तो अ वस्थामा सहयोग गर्न सक्ने कर्मचारी छनौट गरी नियुक्त गर्नुपर्छ । 

देख्दा सामान्य लागेपनि उनलाईं कहाँ सोध्ने कहाँ निर के गर्ने हो भन्ने कुरा समेत थाहा छैन । बैंकमा गएर गार्डलाई सोध्छिन् र बैंकको गार्डले भने अनुसार उनी सोधपुछ गर्ने ठाउँमा पुग्छिन र त्यस ठाउँबाट उनलाई खाता खोल्ने फर्म दिइिन्छ । तर, उनलाई कहाँ निर के लेख्ने भन्ने कुरा थाहा छैन ।
यस्ता समस्याका लागि बैंकले लेख्न नजान्ने व्यक्तिका फर्ममा आफै लेखदिने र उनीहरुलाई सहयोग गदिर्ने बैंकको कर्तव्य देखिन्छ । यो अशिक्षित मानिसका लागि ठुलो समस्या बनेको छ । यस कुरामा कतिपय बैंकका मानिसहरुको ध्यान केन्द्रित भएको देखिदैन । 
त्यस्तै, कतिपय बैंकहरुमा बस्ने व्यवस्था हुन्छ । तर,चेक साटनका लागि मानिसहरु घण्टौ लाईनमा बस्नुपर्ने अवस्था पनि देखिएको पाईन्छ । मानिसलाई कुनै सुचना चाहिएको भएता पनि समयमा नदिने, सुचना दिने व्यक्ति बाहिर गएको वा सुचना दिन मिल्दैन भनेर सुचना लुकाउने जस्ता समस्या बैंकहरुमा देखा परेका छन् । 
बैंकिङ पहुँच नभएका क्षेत्रमा हाल बैंकका शाखा पुगेता पनि तेही अनुसारका हेल्प डेक्स पुग्न नसकेको अवस्था बैंकमा रहेको छ । यस्ता कारणले सर्वसाधारणहरुले दिनानुदिन सास्ती पाईरहेका छन् । यस्ता समस्या बैंकिङ पहुँच नपुगेको ठाउँमा मात्र नभएर राजधानीसम्म पनि रहेको पाइन्छ ।  


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]