May 15th, 2017

‘२ प्रतिशतको सिलिङ सेल्फले अस्वस्थ प्रतिष्पर्धा बढेको छ’ (जनउत्थान लघुवित्तका सिइओसँगको अन्तरवार्ता)

श्रीराम पोखे्रल जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । वुटवलमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्त विकास बैंकले कञ्चनपुर देखी पर्सा सम्मका १० वटा जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिदै आइरहेको छ । लघुवित्तहरु मध्ये अलि फरक किसिमको रहेको यस लघुवित्त विकास बैंकले बिशेष गरेर दलित तथा ग्रामीण भेगका विपन्न वर्गलाई सेवा दिइरहेको छ । लघुवित्तहरुले बिशेष गरेर ग्रामीण भेगमा नै सेवा दिने हो । ग्रामीण भेगमा वित्तीय पहूँच पु¥याउनका लागि भनेर नै नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई सहज तरिकाले संचालन अनुमति दिदै आएको छ । नेपालको गरिबी न्युनिकरणमा समेत लघुवित्तको भूमिका महत्वपूर्ण मानिन्छ । लघुवित्तका समसामयिक बिषयमा उनै प्रमुख कार्यकारी अधिकृत पोख्रेरेलसँग बैकिङ खबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादीत अंश :

नेपाल राष्ट्र बैंकले करिब ३ दर्जन नयाँ लघुवित्तलाई अनुमति दिने कुरा गरिरहेको छ, नयाँलाई अनुमति दिदा पुरानालाई कस्तो प्रभाव पर्ला ? 
पछिल्लो समय लघुवित्तहरुको अन्यन्तै प्रतिष्पर्धा भएको छ । विगतमा संचालनमा आइरहेका लघुवित्तले आफ्नै टय«ाकमा कारोबार गरिरहेको अवस्थामा थियो । अहिले नयाँ खुलेका अझ डेभलपमेण्ट बैंक तथा कमर्शीयल बैंकलाई जुन २ प्रतिशतको सिलिङ सेल्फ गर्न दिएको छ, त्यसले अलिकति अस्वस्थ प्रतिष्पर्धा बढेको छ । अहिले नै लघुवित्तको संख्या ज्यादा रहेको छ त्यसमा अरु थपिदा पुरानालाई नकरात्मक असर पर्छ । राष्ट्र बैंकले नयाँ लघुवित्तहरु थप गर्ने भन्दा पनि भएकालाई कसरी अझ ग्रामीण भेगमा पु¥याउन सकिन्छ भनेर सोच्नु पर्ने हो । 

लघुवित्तका वर्तमान चुनौतीहरु केके हुन ? 
लघुवित्तका चुनौती पहिलो नं. डुप्लिकेशन नै हो । एउटै मान्छे धेरै लघुवित्तबाट सेवा लिइरहेको अवस्था छ । अदृश्य रुपमा एउटै व्यक्तिले धेरै वटा लघुवित्तबाट कर्जा लिएका हुन्छन । यो नै अहिलेको मूख्य चुनौती र समस्या हो । 

लघु्वित्तका लागि नेपाल राष्ट्र बैंकको कस्तो किसिमको नीति ल्याउन आवश्यक छ ? 
नेपाल राष्ट्र बैंकले अहिले नयाँ लघुवित्तहरुलाई अनुमति दिने प्रक्रिया सहज बनाएको छ । नयाँ लघवित्तहरुलाई अनुमति दिनु भन्दा पनि पुरानालाई पूँजी बढाउन तर्फ ध्यान दिने हो भने संख्या थोरै हुने थिए र त्यहाँ प्रतिष्पर्धा पनि स्वस्थ हुने थियो । अहिलेको अवस्थामा धेरै लघुवित्तहरु छन, त्यसमा नयाँ लघुवित्त थप्दा अन्त्यन्तै जोखिम बढ्ने हो कि भन्ने महशुस भएको छ । भविष्यमा ठूला बैंकहरुमा जस्तो मर्जर÷एक्विजिशनको नीति ल्याउनु भन्दा अहिले नै विचार प्¥याउनु राम्रो होला । 

अहिलेको अवस्थामा लघुवित्तहरुका लागि मर्जर नीति कत्तिको आवश्यकता छ ? 
ठूला बैंकहरु मर्जर गर्न जति गाह्रो छ त्यो भन्दा गाह्रो लघुवित्त मर्ज गर्न हुन्छ । अहिले एउटै कष्टुमर धेरै संस्थामा भएको अवस्था छ । एउटा व्यक्तिका लागि २ लाख राष्ट्र बैंकले कर्जा तोकिदिएकोमा धेरै वटा संस्थाबाट ७ लाख, ८ लाख कर्जा लिएको छ भने मर्जर गर्दा त समस्या हुन्छ नै । 

लघुवित्तहरु पछिल्लो समय शहर केन्द्रीत हुँदै गएका छन् भन्ने कुरा सुनिन्छ, के हो वास्तविकता ? 
थोर बुहत यो कुरा सहि हो । तर, सबै लघुवित्तहरु शहर केन्द्रीत भए भन्न मिल्दैन । धेरैजसो लघुवित्तहरुले गाउँगाउँमा सेवा दिइरहेका छन् । डिपोजित मोविलाइजेशन र आर्थिक क्रियाकलापमा पनि शहर अगाडी हुने हुँदा शहरलाई टार्गेट गरेको हो कि भन्ने कुरा आएको हो । तर पनि दुर्गममा नपुगेको चाहि म भन्दिन । जहाँ बैंकहरु पुगेका छैनन, जहाँ वित्तीय पहूँचबाट जनता टाढा छन् त्यहाँ लघुवित्त पुगेका छन् । म एउटा सानो उदाहरण दिन्छु । हामीले हालसालै पर्सा जिल्लाको ठोरी भन्ने ठाउँमा शाखा विस्तार गरेका छौँ । त्यहाँका ३ वटा साविकका गाविसमा कुनै पनि बैंक तथा वित्त कम्प्नीहरुको शाखा पुगेका छैनन । त्यहाँ हामीले शाखा विस्तार ग¥यौं । हामीले शाखा विस्तार गरेपछि त्यहाँ ल बैंक आयो वित्तीय कारोबार गर्न पाइने भयो भन्ने खुसीयाली छाएको छ । तर, त्यहाँ क्यास म्यानेज गर्न ठूलो समस्या छ । त्यस्ता क्षेत्रमा लघुविका लागि राष्ट्र बैंकले पव्लिक डिपोजिटको आधिकार दिने हो भने राष्ट्र बैंकले ल तपाईहरु जानुस, हाखा खोलिदिनुस भन्न पदैन । लघुवित्तहरु आफै जान्छन । 

भनेपछि नेपाल राष्ट्र बैंकबाट पव्लिक डिपोजिट गर्न पाउने अनुमतिको आशा गर्नु भएको छ होइन ? 
वास्तवमा ठीक भन्नु भयो तपाईले । नेपाल राष्ट्र बैंक हाम्रो अविभावक भएकाले हामीले आशा गरेका छौँ । पव्लिक डिपोजिट गर्न केहि एउटा सिलिङ राखेर अनुमति दिने हो भने दुर्गममा शाखा विस्तार गर्न सहज हुने थियो । 

वाणिज्य बैंकले गर्ने काम लघुवित्तले गरेपछि बाणिज्य बैंक र लघुवित्तमा फरक नै भएन नि हैन र ? 
नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरुलाई लघुवित्त कारोबार गर्न अनुमति दिदा चाहि यो कुरा उठेन अहिले लघुवित्तले पव्लिक डिपोजिटको कुरा उठाउदा यस्तो कुरा गर्न मिल्छ र ? लघुवित्तलाई पव्लिक डिपोजिट गर्न दिए दुर्गममा शाखा विस्तार गर्न सहज हुने भएकाले हामीले यो कुरा उठाएका हौं । 

नेपालको अर्थतन्त्रमा लघुवित्तको भूमिका बारे बिष्लेषण गरिदिनोस न । 
खास गरी वित्तीय पहूँच नपुेका स्थानहरुमा लघुवित्तहरु पुगेका छन् । ठूला बैंकहरु पुग्न नसकेका ठाउँहरुमा पुगेर लघुवित्तले सेवा दिएका छन । सानै लगानी भए भनि गरिव वर्गको आर्थिक अवस्था उकास्ने बाटो लघुवित्तले देखाएका छन् । 

लघुवित्तको व्याजदर महंगो भयो भन्ने गुनासो पनि छ नि होइन ? 
लघुवित्तहरुले धेरै व्याज लिए भनेर गुनासाहरु आएका छन् । यसलाई नकरात्मक अर्थ लगाउनु हुँदैन । हाम्रो लघुवित्तको कुरा गर्ने हो भने व्याजदर कर्जामा १६ देखी १८ प्रतिशत छ भने निक्षेपमा ८ प्रतिशत छ । 

भनेपछि तपाइहरुलाई राष्ट्र बैंकको व्यादजर क्यापले केहि असर गरेन ? 
नेपाल राष्ट्र बैंकले व्याजदरमा लगाएको क्यापले असर गरेन । हाम्रो व्याजदर सुरुवाती अवस्था देखी नै १८ प्रतिशत भन्दा कम थियो । 

जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको वित्तीय अवस्था बारे बताइदिनोस न ।
जनउत्थान माइक्रोफाइनान्स वित ६÷७ बर्ष देखी संचालनमा छ । यसको पछिल्लो वित्तीय अवस्था हेर्ने हो भने सन्तोषजनक छ । हाम्रो पूँजी २ करोड ४० लाख हुँदैछ वोनस सहित । वचत हाम्रो १२ करोडको रेञ्जमा छ भने कर्जा तर्फ ५२ करोडको हाराहारीमा छ । 

नेपालमा अहिले करिब ५० वटा माइक्रोफाइनान्स छन् । यसका अलवा अरु थपिने क्रममा पनि छन्, अन्य माइक्रोफाइनान्सको तुलनामा जनउत्थानको फरकपना के छ ? 
अहिले ५० वटा जति लघुवित्त छन् । नेपाल राष्ट्र बैंकले पनि बेला बेलामा करिब २५÷३० वटा लघुवित्त अनुमतिको पर्खाइमा छन् भनि रहेको छ । अहिले नेपालमा लघुवित्तको संख्या धेरै भएको हो भन्ने हामी सबै लघुवित्तहरुले मशसुस गरेका छौँ । अरु माइक्रोफाइनान्सभन्दा फरक भन्ने सन्दर्भमा हामीले अति विपन्न समूह सदस्य जसले न्युनतम वचत समेत गर्न सक्दैन त्यस्ता सदस्यहरुलाई टार्गेट गरेर पहिला कर्जा दिने र उनीहरुको आम्दानी वृद्धिसँगै कर्जा असुली र वचत संकलन गर्ने गरेका छौं भने अर्को जुन मान्छेहरु वित्तीय सेवा भन्दा टाढा छन र अरु संस्थाले पत्याएका छैनन भने हामी तिनीहरुलाई प्राथमिकता दिएर सेवा दिन्छौं ।  सिपमूलक तालिमहरु पनि संचालन गछौं । 

के–कस्ता तालिमहरु दिनुहुन्छ ? 
हामीले खास गरी जसको हात सक्षम छ । तिनीहरुलाई स्विटर बुन्ने, मुडा बुन्ने जस्ता तालिमहरु दिन्छौ । आवश्यकता अनुसार धेरै सिपमूलक तालिमहरु प्रदान गछौं । 

तालिमको सदुपयोग गर्दैनन भन्ने सुन्छि नि, यो कुरा सही हो ? 
तालिमको सदुपयोगिता नै गर्दैन भन्ने कुरा हुँदैन । हामीले दिएको धेरै तालिमहरुको सदुपयोग भएको पाएका छौँ । हिजो केहि गर्न नजान्ने मान्छे सिप लिए पछि राम्रो आम्दानीको श्रोत बनाएको हामीले देखेका छौँ । 

जन उत्थानले कर्जा लगानी गर्दा कुन क्षेत्रलाई बढी फोकस गर्छ ? 
हामीले कर्जा लगानी गर्ने भनेको कृषि क्षेत्र नै हो । माइक्रोफाइनान्सको कर्जा लगानी विवरण हेर्ने हो भने सबैले धेरै जसो कृषि क्षेत्रमा नै लगानी गरेका छन् । हामी गाउँगाउँमा पुग्छौं, ग्रामीण भेगका गाउँगाउँमा अन्य क्षेत्र भन्दा पनि कृषि, पशुपालन व्यवसाय तथा व्यापार कर्जा बाट नै नागरिकहरु आत्मनिर्भर रहेका हुन्छन् । यसर्थ हामीले कृषि तथा पशुपालन व्यापार कर्जा क्षेत्रलाई नै फोकस गरेका छौं ।

तपाईको संस्थाको पूँजि वृद्धिको योजना बारे वताइदिनोस न । 
पूँजि वृद्धिको सन्दर्भमा हामीले विभिन्न प्लानहरु बनाएका छौँ । पूँजि वृद्धिका योजनाहरु पास गर्न हामीले अहिले गृहकार्य गरिरहेका छौँ । संस्थालाई दह्रो बनाउन हामीले पूँजि बृद्धिको योजना अगाडी बढाइरहेका छौँ । 

अन्तमा, राजनीतिक अस्थिरताले नेपालको अर्थतनत्रलाई कस्तो प्रभाव पार्छ ? 
मेरो विचारमा नेपालको अर्थतन्त्र छोटो समयमा के हुने भनेर आकलन गर्न सकिने अवस्था छैन । हिजो लिक्यूडिटी अवस्था धेर भयो भनेर धेरै छटपटाएको अवस्था थियो । ल अहिले केहि महिनामै लु पैसा छैन लगानी गर्न सकिएन भन्ने कुरा आयो । नेपा
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]