June 21st, 2016

५० करोडको लगानीका लागि निक्षेप सुरक्षणको प्रस्ताव : यस्ता कम्पनिले मात्रै आवेदन दिन पाउने 

moneyनिक्षेप तथा कर्जा सुरक्षण निगमले ५० करोड रुपैँया लगानीका लागि प्रस्ताव गरेको छ । निगमले वाणिज्य बैंकहरुका लागि ४५ करोड तथा विकास बैंक र फाइनान्स कम्पनिहरुका लागि अढाई/अढाई करोड रुपैँया लगानीका लागि प्रस्ताव गरेको हो । लगानी गर्न इच्छुक बैंक तथा फाइनान्स कम्पनिले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याजसमेत उल्लेख गरी असार १४ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

कस्ता कम्पनिले गर्न पाउँछन् लगानी ?
रकम लगानीको लागि प्रस्ताव पेश गर्ने बैंक तथा फाइनान्स कम्पनिहरु सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात नेपाल राष्ट्र बैंकले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको, गत आर्थिक वर्षमा सञ्चालन मुनाफामा रहेको तथा रियलस्टेटमा प्रवाहित कर्जा राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी नभएको हुनुपर्नेछ । निगमका अनुसार, लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, सीईओ वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैंकले जरिवाना वा कारबाही गरेको अवस्थामा सो कारबाही भएको ३ वर्ष पूरा भएको कम्पनिले लगानीका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तै, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ३ महिना पूरा भएको, समस्याग्रस्त घोषणा नभएको, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर जारी गरी नेप्सेमा सूचीकृत भइसकेका कम्पनिहरुले मात्र लगानी गर्न पाउने बताइएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]