May 20th, 2018

स्पर्स लघुवित्तको त्रैमासिक समिक्षा तथा बजेट निर्धारण गोष्ठि सम्पत्र

स्पर्स लघुवित्त वित्तीय संस्थाले हाल संचालनमा रहेको १५ वटा शाखा कार्यालयहरुको तेश्रो त्रैमासिक समिक्षा तथा आगामी आ.व.२०७५÷०७६ को बजेट निर्धारण सम्बन्धी गोष्ठि सम्पन्न गरेको छ । उक्त गोष्ठिको उद्घाटन पोखराको नागढुंगास्थित होटल स्टार रबिमा कार्यक्रमका प्रमुख अतिथि तथा वित्तीय संस्थाका संचालक एवम् जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले गरेका थिए ।

कार्यक्रमको उदघाटन गर्दै उनले शाखा प्रबन्धक तथा केन्द्रीय कार्यालयमा कार्यरत विभागीय प्रमुखहरुलाई इमान्दारीपुर्वक काम गर्दै संस्थाले दिएको लक्ष्य हासिल गर्न सुझाव दिए । वित्तीय संस्थाका संस्थापक संचालक डा.सुरेन्द्र न्यौपाने तथा स्वतन्त्र संचालक मेघराज गजुरेलले शाखा प्रबन्धकहरुलाई हौसला जगाउँदै विभिन्न प्रेरणादायी भनाइहरु राखेका थिए । उक्त गोष्ठिका सभाअध्यक्ष तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गोष्ठिको उद्देश्य प्रष्टयाउँदै शाखा प्रबन्धकहरुलाई लक्ष्यअनुसार प्रगती हासिल गर्न, अध्ययनशील भई आफ्नो क्षमता विकास गर्न र आफु मातहतका कर्मचारीहरुलाई राम्रो संस्कारको विकास गर्न सुझाव दिए ।  

गोष्ठि कार्यक्रमको पहिलो दिन वित्तीय संस्थाका शाखाहरुको तेश्रो त्रैमाससम्मको लक्ष्य तथा प्रगति समिक्षा, लक्ष्य नपुग्नाको कारणहरु र आगामी रणनीतिहरुको बारेमा छलफल भएको थियो भने दोश्रो दिन आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि बजेट निर्माण गर्ने काम भएको थियो । २०७५ जेष्ठ ०३ गतेदेखि ०४ गतेसम्म संचालन भएको गोष्ठिमा १५ जना शाखा प्रबन्धकका साथै वित्तीय संस्थाका संचालक समितिका पदाधिकारीहरु, प्रमुख कार्यकारी अधिकृत तथा केन्द्रीय कार्यालयका विभागीय प्रमुख लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्य संचालन, जनशक्ति तथा तालिम विभागका प्रमुखपवन बरालले संचालन गरको उक्त गोष्ठिमा वित्तीय संस्थाको सामान्य सेवा तथा आन्तरीक लेखा परीक्षण विभाग प्रमुख ऋषभ सुवेदीले उपस्थित अतिथि तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।

जनता बैंक नेपाल र मेगा बैक नेपालले प्रर्वद्धन गरेकोे यस वित्तीय संस्थाले अगामी ५ वर्षमा राष्ट्रिय स्तरको भई ७५ वटा शाखामार्फत करिब १ लाख सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै करिब ३ अर्ब लगानी गर्ने लक्ष्य राखेको छ । हाल यस वित्तीय संस्थाले ७,५०० घरधुरीलाई लघुवित्त सेवामा आवद्ध गराई ३१ करोड कर्जा लगानीमा रहिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]