May 19th, 2018

लघुवित्त के हो ? लघुवित्तले केके काम गर्छ ?

निर्जला खड्का । लघुवित्त वित्तीय संस्थाले गरीब तथा विपन्न व्यक्तिहरुलाई बढी लक्षित गरेको हुन्छ । लघुवित्त संस्था नेपाल राष्ट्र बैंकले तोके बमोजिम इजाजतपत्र प्राप्त संस्था हो । ‘घ’ वर्गका बैंकहरुलाई लघुवित्त(माईत्र्रmोफाइनान्स) भनिन्छ । कमजोर आर्थिक अवस्था भएका वा ग्रामीण क्षेत्रका मानिसहरुको आयस्तर माथि उठाउँने उद्देश्यले थोरै व्याजदरमा, बिना धितो ऋण प्रदान गर्ने बैंक तथा वित्तीय सस्ंथा नै लघुवित्त संस्था हो । यो लघुवित्त संस्थाले जनताको आर्थिक आयस्तर बुझेर थोरै व्याजदरमा ऋण प्रदान गर्दछ । लघुवित्त संस्थाहरुले सबैको घर‐घरमा पुगेर वित्तिय चेतना प्रवाह गराउँने गर्दछ । जो व्यक्ति उद्यम तथा आफ्नै व्यवसाय सञ्चालन गर्ने चाहान्छ, तर उसंग पँुजिको अभाव छ भने लघुवित्त संस्थाले त्यो व्यक्तिको जीवनशैली बुझेर ऋण उपलब्ध गराउँछ । यो लघुवित्त वित्तीय संस्थाले बढी ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनतालाई लक्षित गर्ने गर्दछ ।

नेपाल जस्तो गरीब मुलुकमा लघुवित्त वित्तीय संस्थाले धेरै ठुलो भुमिका खेलेको हुन्छ । यसले गरीबी न्युनीकरण गर्र्नेमा पनि सहयोग पुर्याएको छ । लघुवित्त वित्तीय संस्थाले थोरै लगानीबाट उद्यमशिलता हासिल गर्ने महत्वपुर्ण भुमिका निर्वाहा गरेको हुन्छ । तर लघुवित्त वित्तीय संस्थाले अरु बैंकहरुले भन्दा कम रकम मात्र उपलब्ध गर्दछन ।

लघुवित्त वित्तीय संस्थाले गरीबी तथा कम आयस्तर भएका व्यक्तिहरुका लागी सरल रुपमा विना धितो कर्जा उपलब्ध गराउने भएकाले यो लघुवित्त संस्था गरीब तथा विपन्न व्यक्तिका लागि एउटा देशको मेरुदण्डको रुपमा रहेको छ । यो पछिल्लो समयलाई हेर्ने हो भने १५/२० बर्षमा झण्डै २५ प्रतिशत जनसङख्या गरीबीको रेखाबाट माथि उठेका छन् जसमा लघुवित्त संस्थाको ठुलो हात रहेको छ । धेरै मानिसहरुले लघुवित्तबाट नै कर्जा लिने गरेका छन् । लघुवित्त संस्थाले उत्पादनमुलक क्षेत्रमा लगानीका लागि बढी प्रोत्साहान गर्दछ र उत्पादनमुलक क्षेत्रका लगानीलाई बढी प्रथामिकता दिन्छन । यो सबैका लागि फाइदाजनक बिषय हो । लघुवित्तको कारणले ग्रामीण  भेगका नागरिकहरुमा आर्थिक, साँस्कृतिक, सामाजिक तथा शैक्षिक रुपमा समेत सकरात्मक परिवर्तन दिनानुदिन बढदै गएको छ । लघुवित्त संस्थाले कर्जा दिने मात्र गर्दैन् यसले विभिन्न किसिमका सिपमुलक तालिमहरु पनि दिदै आइरहेको छ । 

लघुवित्त वित्तीय संस्था गाउँमा क्रियाशिल रहन्छ तर सहरमा भने यस्तो संस्था क्रियाशिल रहदैन् किनभने सहर आपैmमा विकसित क्षेत्र हो । गाउँमा लघुवित्त संस्थाहरु धरै सक्रिय भएका छन किनभने त्यहाँका जनजीवनलाई माथि उठाउने उद्देश्य नै लघुवित्तको विकास भएको हो । विपन्न वर्गलाई उद्यमशिलता बनाएर समृद्धितर्फ उन्मुख गराउनमा ठुलो भुमिका लघुवित्तले खेलेको हुन्छ । यसरी गरीबी घटाउने प्रमुख आधार  लघुवित्तलाइ नै मानिन्छ । 

नेपालमा सञ्चालित लघुवित्त कार्यक्रमले महिलालाई अझ बढी सक्रिय रुपमा सहयोग गरिरहेको छ । महिलाहरुलाई विभिन्न तालिमहरु पनि सञ्चालन गर्ने गरेको छ । उक्त तालिममा उनिहरुलाई बचत संकलन गर्दा के हुन्छ, कसरी गर्ने र भविष्यमा कसरी टेवा पुग्छ भन्ने कुरा सिकाइन्छ । त्यसपछी उनीहरुको आवश्यकता पहिचान गरी कर्जा प्रदान गर्दछ । जसमा ऋण दिने प्र्रक्रिया, उद्यमशिलता गर्ने विधि, ऋण तिर्ने प्रक्रिया र तालिम लगायत लघुवित्तका आधारभुत सिद्धान्तहरु सिकाइन्छ । काम गर्छु र उद्यमशिलता हासिल गर्छु भन्ने मेहनती एवं इमान्दार व्यक्तिका लागि धितो राख्ने सम्पति नभए लघुवित्त वित्तिय संस्था आफैले लगानी गरिदिन्छ । 

लघुवित्त विकास बैंकले गर्ने कामहरु:
तोकिए बमोजिम कर्जा दिने ।
राष्ट्र बैंकले तोकिएको अबधिसम्म नियमित बचत गरी राखेको समुह तथा समुहका सदस्यलाई लघु व्ययसाय सञ्चान गर्ने चल अचल सम्पति जमानत लिई वा नलिई लघु कर्जा दिने । 
लघु कर्जा उपलब्ध गराउनु अघि जुन कार्यको लागि कर्जा माग गरिएको हो सोको सम्भाव्यता पहिचान गर्ने ।
न्युन आय भएका व्यक्तिहरुको आर्थिक अवस्था सुधार हुने खालका लघु व्यवसाय गर्ने ।
लघु कर्जा परिचालन सम्बन्धमा समुहलाई आवश्यक सेवा प्रदान गर्ने ।
लघुकर्जा समयमा असुलउपर गर्ने तर्फ आवश्यक कारबाही गर्ने ।
लघुकर्जा उचित रुपमा उपयोग भए नभएको अनुगमन गर्ने र नभएको भए उचित प्रयोग गर्ने ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]