May 15th, 2018

वोमी माइक्रोफाइनान्सको ‘समिक्षा तथा योजना गोष्ठी’ : दुर्गम क्षेत्रमा शाखा खोल्ने योजना

वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २१ वटा शाखा कार्यालयहरुका शाखा प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित ‘समिक्षा तथा योजना गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ । वैशाख ३० र ३१ गते चिवनको विरेन्द्रनगरस्थित कृषि बिकास बैंक तालिम केन्द्रमा आयोजित गोष्ठी कार्यक्रममा चालु आर्थिक वर्षको चैत्र महिना सम्मको उपलब्धिको समिक्षा तथा आगामी आर्थिक वर्षको बजेट तथा योजना सम्बन्धमा शाखागत रुपमा प्रस्तुतिकरण सहित छलफल गरियो ।

सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापन समुहका अन्य अधिकृत कर्मचारीहरुको समेत उपस्थिति रहेको समिक्षा तथा योजना गोष्ठी कार्यक्रमको समापनमा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले शाखा स्तरीय प्रस्तुतिकरणमा लिइएका लक्ष्य प्राप्तीका लागि आगामी आर्थिक वर्षमा तय गरिएका नीति तथा कार्यक्रमलाई शाखागत रुपमा भिन्न भिन्न रणनीति बनाउन सुझाव दिए । 

उक्त गोष्ठी कार्यक्रममा वित्तीय संस्थाले निकट भविष्यमा देशका विभिन्न ग्रामिण एवं दुर्गम क्षेत्र लक्षित स्थानहरुमा शाखा कार्यालय विस्तार गर्ने सम्बन्धमा योजना तय गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]