July 16th, 2017

एक वर्षमा कञ्चन डेभलपमेन्ट बैंकको सञ्चालन मुनाफा साढे ११ करोडमाथि 

कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ११ करोड ५४ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । कञ्चनपुर, कैलाली र डडेल्धुरा जिल्लालाई कार्यक्षेत्र बनाई स्थापना भएको क्षेत्रिय स्तरको विकास बैंक कञ्चनपूरले आ.ब. २०७३/७४ सम्म रु.दुई अर्ब ८२ करोड ३३ लाख, ७२ हजार, निक्षेप संकलन गरी रु.२ अर्ब ३० करोड ८६ लाख ४३ हजार बराबर कर्जा लगानी गरेको छ ।

नेपाल राष्ट्र बैंकमा पेश गरेको पुँजीबृद्धि योजना अनुसार नै चूक्ता पूँजी ५० करोड पुर्याउने लक्ष्य लिएको बैंकले शाखा विस्तार योजनालाई तीव्र बनाएको छ । प्रधान कार्यालय कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा न. ४, महेन्द्रनगर बजारमा रहेको यस बैंकका हालसम्म कञ्चनपुरमा ६ शाखा १ एक्सटेन्सन काउण्टर कैलालीमा ६ शाखा र डडेल्धुरामा १ गरि कुल १३ शाखा र १ एक्सटेन्सन काउण्टर सञ्चालनमा आएका छन ।

यस बैंकले स्थापनाकालदेखि नै सुदुरपश्चिमको आर्थिक बिकासको सहयात्रीको रुपमा काम गर्ने प्रतिबद्धता साथ बैकिङ्ग कारोवार गर्दै आइरहेको यो बैंकले हाल ९३ हजार भन्दा बढी सेवाग्राहीहरुलाई बैकिङ्ग सेवा प्रदान गरीरहेको छ । बैंकले सेवाग्राहीहरुको मागलाई ध्यानमा राखी मोबाईल बैकिङ्ग सेवा, एटीएम सेवा, ईसीसी सेवा, विभिन्न कम्पनीहरुका रेमिटान्स भूक्तानी सेवाहरुका साथै विपन्नवर्गलाई लक्षित गरी लघुवित्त कर्जा सुविधा संचालनमा ल्याइसकेको छ ।  यस बैंकले विभिन्न किसिमका मुद्धती खाताहरु, २२ किसिमका बचत योजनाहरुका साथै १५ किसिमका कर्जा योजनाहरुका सुविधा  सेवाग्राहीहरुलाई प्रदान गरेको छ । आगामी दिनमा सेवाग्राहीहरुलाई अझ बढी सुविधा दिने गरी योजना ल्याउने बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीले प्रतिवद्धता जनाए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]