July 9th, 2017

संघीय संचरनामा ‘नेपाल राष्ट्र बैंक’

नेपाल राष्ट्र बैंकले संघीय संरचनाअनुसार, आफ्नो शाखा कार्यालयहरुको कार्य व्यवस्था मिलाएको छ । आर्थिक वर्ष ०७४।७५को मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो जानकारी दिएको हो । राष्ट्र बैंकका अनुसार, राष्ट्र बैंकको विराटनगर कार्यालयले प्रदेश नं. १, जनकपुर तथा वीरगंज कार्यालयले साविकको व्यवस्था अनुसारका प्रदेश नं. २ का जिल्लाहरु, केन्द्रीय कार्यालयले प्रदेश नं. ३, पोखरा कार्यालयले प्रदेश नं. ४, सिद्धार्थनगर कार्यालयले साविक बमोजिमका प्रदेश नं. ५ का जिल्लाहरु, नेपालगंज कार्यालयलेसाविकको व्यवस्था अनुसार प्रदेश नं. ५ का जिल्लाहरु एवम् प्रदेश नं. ६ र धनगढी कार्यालयले प्रदेश नं. ७ को केन्द्रीय बैंकिङ्ग सम्बन्धी कार्य हेर्ने व्यवस्था मिलाइने भएको छ । संघीयता कार्यान्वयनको सन्दर्भमा अर्को व्यवस्था नभएसम्मका लागि यो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । 

सबै स्थानीय तहमा नेपाली मुद्राको सहज आपूर्तिका लागि यस बैंकका कार्यालयहरुले सम्बन्धित प्रदेशमा नोटकोषको उचित व्यवस्थापन गर्नुपर्ने प्रबन्ध पनि मिलाइने राष्ट्र बैंकले जनाएको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]