April 23rd, 2017

आरम्भ माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय स्थानान्तरण 

आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लि. को केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा स्थानान्तरण भएको छ । यस अघि संस्थाको केन्द्रिय कार्यालय मेलम्ची—८, बाहुनीपाटी, सिन्धुपाल्चोकमा रहेको थियो ।

१५ वटा पहाडि जिल्लाहरु मात्र कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाले २०७३ चैत्र मसान्तसम्म विभिन्न ११ वटा जिल्लाहरुमा १६ वटा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । संस्थाले न्यून आय भएका, पिछडिएका तथा बिपन्न वर्गका करिब ८,१०० घर परिवारलाई लघुवित्तीय सेवाहरु प्रदान गरेको छ । संस्थाले हालसम्म २ करोड ६४ लाख भन्दा बढि रकम बचत संकलन गरी हालसम्म रु. ४२ करोड ४८ लाख लगानी गरेको छ भने, करिव रु. १७ करोड ३३ लाख असूली गरी संस्थाको लगानीमा बाँकी रहेको रकम रु. २५ करोड १५ लाख रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]