April 20th, 2017

‘राष्ट्र बैंकले नियमन नगर्ने हो भने लघुवित्तको भविष्य अन्धकारमय हुन्छ’

मिन बहादुर बोहरा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । सुदुरपश्चिमको डोटी स्थायी घर भएका बोहरा कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकमा प्रवेश गरेसँगै बैंकका धेरै पक्षहरु सुधार भएका छन् । स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका माईक्रोक्रेडिट डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको अनुमति पाएको लघुवित्त वित्तीय संस्था हो । बोहराले यस लघुवित्तमा गत मंसिर १५ गतेबाट प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्दै आएका छन् । सीईओमा नियुक्त भएको छोटो समयावधिमा नै बोहरा संस्थालाई आर्थिक उन्नतिको पाइला बढाउन सफल भएका छन् । सुदुरपश्चिमाञ्चल ग्रामिण विकास बैंक (हाल नेपाल ग्रामिण विकास बैंक) बाट सहायक स्तरको पदबाट बैंकिङ करियर शुरु गरेका बोहरासँग २० बर्ष लामो बैंकिङ अनुभव रहेको छ । यस संस्थाको शाखा विस्तारमा पनि बोहरा लागिपरेका छन् । सिइओ नियुक्त हुनु पूर्व २४ वटा शाखा रहेको यस लघुवित्तको हाल ३७ वटा शाखा छन् । केहि समय अघि मात्रै ६५ प्रतिशत बोनस सेयर दिएको यस संस्थाको पछिल्लो गतिविधि लगायतका बिषयमा उनै बोहरासँग बैंकिङ खबर डटकमका रोयल आचार्यले गरेको कुराकानीको सम्पादीत अंश :

तपाई कसरी लघुवित्त क्षेत्रमा प्रवेश गर्नुभयो ? आफ्नो बारेमा संक्षेपमा बताइदिनोस न । 
मैले सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने डोटी जिल्लाको बर्छैन गा. वि. स. वडा न. ७ रिसेडी निवासी बुबा करवीर वोहरा र माता चम्पी देवी बोहराको कोखबाट जन्म लिए । एम. ए. सम्मको पढाई पुरा गरी लघु वित्तको क्षेत्रमा सहायक स्तरको पदबाट काम काम सुरु गरे । बैंकिङ क्षेत्रमा करिब २० वर्ष बिताइसक्दा प्रमुख कार्यकारी अधिकृत पदमा आइपुगेको छु ।  

ग्रामिण क्षेत्रमा जन्मिएको मलाई सहरका तिता मिठा अनुभव बटुल्ने क्रममा सामाजिक क्षेत्रमा काम गर्ने भित्रबाट इच्छा थियो । लघुवित्तको कामपनि समाजमा रहेका विपन्न परिवारको सामाजिक तथा आर्थिक स्तर उकास्नमा नै केन्द्रित भएकाले यो क्षेत्रले मलाई आकर्षित गर्यो । सुदुरपश्चिमाञ्चल ग्रामिण विकास बैंक (हाल नेपाल ग्रामिण विकास बैंक) बाट सहायक स्तरको पदबाट मैले लघुवित्तमा प्रवेश गरेँ र झन्डै दुई दशकपछि आज यो स्थानमा छु । 

नेपालको आर्थिक समृद्धमा लघुवित्तको भूमिका बारे बिष्लेषण गरिदिनोस न ।    

नेपालका ठुला , साना सहर तथा गाउँमा भएका विभिन्न लघु वित्तको संस्थाको अहम भुमिका रहेको छ । खास गरी महिलाको सामाजिक तथा आर्थिक स्तर माथी उठ्नको साथै पैंसामा महिलाका पहुँच पुयाउने काममा लघुवित्तका ठुलो भूमिका छ ।

लघुवित्तहरुले नामको पछाडी बैंक लेख्न नपाउने भन्ने कुरा पनि उठिरहेको छ, बैंक लेख्न नपाउँदा लघुवित्तहरु प्रति सदस्यको बिश्वास घट्दैन ? 
  कुरा विश्वास र अविश्वासको होईन । बैंक लेख्न न पाउने कुरा अन्याय ,अर्धम हो एउटै आमा वुवा बाट जन्मेका सन्तान हरुको अर्थात भाई भाईको जात अलग हुन्छ ? गरिब जनता लाई वित्तिय पहुँच पुयाउँदा बंैक भनेर जानिने लघुवित्त बैंकहरुबाट गरिब बिपन्न परिवारहरुको उधम्शिलता विकासका साथै आर्थिक,सामाजिक स्तरमा सुधार गर्ने महत्वपूर्ण काम बैंकको नामबाट हुने र नेपाली जनता बैंक शब्द सित चिरपरिचित रहेको हुदा जनताले बुझने भाषा भनेको बैंक नै हो ।

लघुवित्तहरुको ब्याजदर धेरै महंगो भयो, लघुवित्तहरुले जनतालाई झुक्याएर चर्को ब्याज असुल्छन भन्ने पनि सुनिन्छ वास्तविकता के हो ?
    होइन, लघुवित्त बैंकहरुले आफुले गरेका अहम कामहरुलाई आम जनमानसमा बुझाउन नसक्दा यी कुराहरु आएका हुन । जनताका माझमा हुने कारोवारमा कसैले झुक्याउन सक्छ र ?


लघुवित्तहरुको छुट्टै नियामक निकाय हुनु पर्छ भनेर पनि कुरा उठी रहेको छ, यस बिषयमा तपाईको धारणा के छ ? 
   आवश्यक छैन , करिब ४ दशक देखि सुक्ष्म रुपमा केन्द्रिय बैंकले अनुगमन , अध्ययन र विश्लेषण गरेको छ । यसका राम्रा र नराम्रा पक्षका विषयमा सम्पूर्ण जानकारी छ । केन्द्रिय बैंकको नियन्त्रण बाहिर गएमा लघुवित्त बैंकको भविश्य अन्धकारमय हुन्छ । खास गरी संस्थागत सुशासन को पाटो लगभग शुन्य हुने छ ।

तपाईको संस्थाको शाखा विस्तार गर्ने योजना के छ ? 
  हाल रहेका ३७ वटा शाखा बाट करिब ५० शाखा पुयाउनका साथै थप ५ जिल्लामा कार्य क्षेत्र विस्तार गर्ने योजनामा छौ ।

तपाइहरुको ब्याजदरको अवस्था के छ ? 
  देशको वर्तमान अवस्थालाई द्रष्टिगत गर्दा कालिका माईक्रोक्रेडिट डेभलोपमेन्ट बैंकको ब्याजदर न्युन रहेको छ । जुन आगामी श्रावण देखि १८ प्रतिशत कायम रहने छ ।

कर्जा डुब्ने खतरा हुन्छ की हुँदैन ?
     लघु वित्त संस्थाबाट वितरित कर्जा डुब्ने खतरा न भएको होइन खास गरि लघुवित्तको मर्म अनुसाार लगानी लागिएका ९९ प्रतिशत डुब्ने संम्भावना छैन ।
यस लघुवित्तबाट कति नेपालीले सेवा सुविधाहरु पाईरहेका छन् ?
   लघु वित्त संस्थाको स्थापना बढने कुरा संगै लघुवित्तबाट सेवा पाइरहेका नेपाली जनता दिनप्रतिदिन बढने क्रम छ । तथापी कति नेपालीले सेवा सुबिधा पाएका छन् भन्ने अवस्था छैन जसरी बैंकको वास्तविक तथ्याङ्क यही हो भन्न सकिन्न त्यसै गरी एउटै व्यक्तिलाई विभिन्न लघुवित्तका संस्थाहरु बाट लगानी हुँदा सबै संस्थामा ऋणी सदस्य भएको देखिनु सही तथ्याङ्क होइन ।

अन्तमा, वैदेशिक रोजगारीमा गइरहेका युवाहरुलाई कसरी स्वदेशमै परिचालन गरेर आत्मनिर्भर बनाउन सकिएला तपाईको सुझाव दिनोस न ।
    देशका सम्भावित क्षेत्रमा नेपालमा हुने उत्पादनका आधारमा उधोग धन्दा को स्थापना गर्न जरुरी छ । खास गरी कृषि , पर्यटक , उर्जा क्षेत्रको विकासका लागि नेपाल सरकार को भुमिका महत्वपूर्ण रहने छ । सरकार द्वारा ट्निंड इन्सिच्युड स्थापना गरि देशमा रहेका युवावर्ग हरुलाई सीपमुलक तालिमको व्यवस्थापन गरि उच्च ज्याला समेत उपलब्ध गराउने श्रमिक सम्बन्धि कानुन बनाइ वित्तिय साक्षरता र यसको महत्वको बारेमा युवाहरुलाई बुझाउन जरुरी छ । देशमा स्वतन्त्र  पूर्वक बाच्न र काम गर्ने वातावरण भएमा विदेशिने युवाहरुलाई स्वदेशमै परिचालन गर्न सकिन्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]