April 17th, 2017

मर्जर तथा एक्विजिसनमा जाने प्रस्ताव अघि सार्दै एभरेष्ट बैंकले डाक्यो साधारणसभा  

एभरेष्ट बैंक लिमिटेडले अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसनमा जाने विशेष प्रस्ताव अघि सार्दै वैशाख २० गतेका लागि विशेष साधारणसभा डाकेको छ । यसअघि हकप्रद सेयर र बोनस सेयर जारी गरेरै आठ अर्ब चुक्तापुँजी पुर्याउने गर्न भनेर विशेष साधारण सभा बोलाएको छ । हकप्रद र बोनसका माध्यमबाट चुक्ता पुँजी पुर्याउने योजना बनाएको एभरेष्टले एकाएक मर्जर तथा एक्विजिसनको योजना अघि सारेको हो । बैंकले कुन संस्थासँग मर्जर वा एक्विजिसनमा जाने भनेर खुलाएको भने छैन । बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको सेयरलाई सर्वसाधारण समूहमा परिणत गर्ने सम्बन्धी प्रस्ताव पनि विशेष साधारण सभामा लैजाँदैछ । 

विशेष साभारण सभाका लागि बैंकले वैशाख ११ गते बुक क्लोज गर्दैछ । जसअनुसार, वैशाख १० गतेसम्म कायम सेयरधनीले मात्रै एभरेष्ट बैंकको २० गतेको साधारणसभामा भाग लिन पाउनेछन् । 

हाल एभरेष्ट बैंकको चुक्तापुँजी चार अर्ब ६० करोड ६४ लाख रुपैयाँ रहेको छ । बैंकले हालै मात्र १० बराबर तीनको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले गत वर्षको कमाईबाट लगानीकर्तालाई ७० प्रतिशत बोनस सेयर दिएको छ । बैंकको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ७९ पैसा छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]