March 30th, 2017

हाम्रो विकास बैंकले दुई सय प्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डले दियो स्वीकृति

हाम्रो विकास बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ । बैंकले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नका लागि विहीबार (चैत्र १७ गते) बोर्डबाट स्वीकृति पाएको हो । बैंकले फागुन ११ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।

गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर जारी गरेर १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद जारी गरेपछि हाम्रो विकास बैंकको चुक्तापुँजी ४५ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]