March 28th, 2017

सरकारले निर्धारण गर्यो कारोबारको सीमा, १० लाखमाथिको कारोबार बैंकबाट मात्रै

अब १० लाख रुपैयाँभन्दा बढीको कारोबार बैंक तथा वित्तीय संस्थाबाटै कारोबार गर्नुपर्ने भएको छ । सरकारले राजपत्रमा सुचना प्रकाशन गर्दै आगामी साउन १ गतेबाट लागू हुने गरी नगद कारोबारको सीमा निर्धारण गरेको हो । 

ब्यक्ति, फर्म, कम्पनी वा संस्थाले एक पटकमा १० लाख रुपैयाँ वा त्योभन्दा बढीको कुनै सेवा वा बस्तु खरीद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नु पर्ने गरी नगद कारोबारको सीमा निर्धारण्म गरिएको सूचनामा उल्लेख छ । 

वित्तीय संस्थमा निक्षेप, बचत वा सटही गर्न, वित्तीय संस्थाबाट लिएको कर्जा, त्यसको साँवा तथा ब्याजको भुक्तानी गर्न, वित्तीय संस्थाहरुबीच नगद कारोबार गर्न तथा कुनै निक्षेपकर्ताले कुनै खास कारण देखाइ नगद भुक्तानीका लागि दिएको निवेदनको ब्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्ताको खाता रहेको संस्थाबाट निक्षेपकर्ता वा बचतकर्तालाई नगद भुक्तानी दिन उक्त सीमा निर्धारण गरिएको बताइएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]