January 23rd, 2017

१० अर्बको विकास ऋणपत्रमा पौने चार अर्बको आवेदन

नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको विकास ऋणपत्रमा पहिलो दिन सामान्य आवेदन परेको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नेपाल सरकारको विकास ऋणपत्र खरिद गर्ने प्रस्ताव गरेकोमा आइतबार तीन अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको हो । उक्त ऋणपत्रमा आगामी केही दिनसम्म आवेदन दिन सकिने भएकाले आवश्यक मात्रामा आवेदन पर्ने विश्वास राष्ट्र बैंकले लिएको छ । 

राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन कायम गर्ने उद्देश्यले विकास ऋणपत्र खरिद गर्न लागेको हो । यसअघि पनि राष्ट्र बैंकले पटकपटक गरी सोझै बोलकबोलबाट बैंकिङ प्रणालीमा तरलता पठाउन खोजेकोमा बैंकहरुले चासो नदेखाएको पाइएको थियो । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]